Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लगातार बर्षा हुँदा बझाङका उच्च लेकाली भागमा हिमपात, बन्यजन्तुको शिकार बढ्दो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सम्राट सिंह । माघ २५, बझाङ । बझाङका उच्च लेकाली भेगमा हिमपात भएको छ । बिहिबार देखि अविरल बर्षा भएपछि उच्च लेकाली भेगमा हिमपात भएको हो ।

लगातार हिमपात हुँदा उच्च लेकाली भेगमा बसोबास गर्ने बासिन्दाहरुको जनजीवन प्रभावित बनेको छ ।  जिल्लाका २ वटा नगरपालिका र १० वटै गाउँपालिकाका उच्च भागमा हिमपात भएपछि  मानिसहरु आगो बालेर बसेका र बस्तुभाउ पनि गोठ भित्र नै थुनिएका मष्टा गाउँपालिकाका नरेन्द्र सिंहले बताए । उनका अनुसार अहिले पनि हिमपात जारी नै रहेको छ । गत बर्षको भन्दा हप्ता पिच्छे नै हिमपात हुन थालेपछि जनजीवन निकै कष्टकर बनेको छ ।

उच्च लेकाली भेगमा हिमपात भएपछि चिसोका कारण बन्यजन्तुहरु बस्तीतिर झर्ने गरेका कारण जिल्लामा चोरी शिकारी पनि बढ्ने गरेको छ । शिकार गरी डाँफे,कालिज,घोरल,बँदेल,रतुवा र मृग लगायतका बन्यजन्तुको मासु सदरमुकाम चैनपुर मै बिक्री भइरहेको स्थानिय व्यापारीहरु बताउँदै आएका छन ।

शिकारीले बन्यजन्तु डाँफे को २ हजार देखि ३ हजार सम्म कालिजको १५ सय देखि २५ सय सम्म र अन्य को प्रतिकेजी १ हजार रुपियाँ मा बिक्री गर्ने गरेको पाइएको छ । चैनपुर बजारमा नै बन्यजन्तुको मासु बिक्री हुने गरेको खबर आफुलाई पनि आएको बताउँदै जिल्ला वन कार्यालयका प्रमुख कृष्ण न्यौपानेले सुचना पाप्त नहुँदा चोरी शिकारी गर्ने व्यक्ती पक्राउ गर्न समस्या भएको बताए ।