२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा विजुली नबल्दा तीस हजार स्थानीय अध्याँरोमा

२५ माघ २०७५, शुक्रबार १२:२७

चिसाङ शेर्पा | माघ २५ खोटाङ | विजुली बत्ती नबल्दा खोटाङमा तीस हजारबढी स्थानीय अध्याँरोमा बस्न बाध्य छन् । जिल्लाको ऐंसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा केन्द्रिय प्रशारण लाइनको विजुली बत्ती नबल्दा त्यहाँका स्थानीयहरु अझैसम्म शास्ती खेप्दै अध्याँरोमा बस्न बाध्य छन् । त्यस भेगमा प्रशस्त लघु जलविधुत समेत छैन ।

गाउँपालिकाको जलेश्वरी, महेश्वरी, ज्यामिरे र माक्पा चार वडाका करीव १६ हजार स्थानीय अध्याँरोमा वसिरहेको ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । ऐंसेलुखर्क, वाकाचोल र राखावाङ्देलमा भने, स्थानीय खोलाबाट उत्पादित लघु जलविधुत छ । गाउँपालिकाभरी विजुली बाल्नका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले २० लाख खर्चगरी रावाबेंशी गाउँपालिका–६ हौंचुरस्थित राईसिङगेबाट माक्पासम्म हाइटेन्सन लाइनको पोल गाड्ने, तार तान्ने र दुई थान ट्रान्सफर्मर खरीद गरिसकेको गाउँपालिका अध्यक्ष निरौलाले बताए । गाउँपालिकालाई विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले ५४ वटा पोल र कम मात्रामा तार दिएकाले काम गर्न असहज भएको अध्यक्षले जनाए । 

यस्तै, जिल्लाको दक्षिणी भेगमा अवस्थित जन्तेढुंगा गाउँपालिकाभरी अझै विजुली बत्ती बलेको छैन । देविस्थान, वोपुङ, काहुले, डम्बर्खुशिवालय, चिसापानी र दिप्लुङमा केन्द्रिय प्रसारणको विजुली नबलेको हो । त्यस गाउँपालिकामा रहेका १५ हजार ४४४ जना स्थानीय अध्याँरोमा जीबन गुजारा गरिहरेको गाउँपालिका अध्यक्ष शंकर बहादुर राईले जनाए । गाउँपालिकाबाट आर्थिक वर्ष २०७५÷०७६ मा बिनियोजित ८५ लाख बजेटबाट धमाधम विधुत विस्तारको काम भइरहेको छ । आगामी वर्षको बैशाखदेखी चिसापानीबाट विजुली बल्न सुरु हुने गाउँपालिका अध्यक्ष राईको भनाइ छ । गाउँपालिका र प्राधिकरणको छुट्टा छुट्टै बजेटबाट दुवै गाउँपालिकामा धमाधम विधुत विस्तारको काम भइरहेको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । ऐसेलुखर्क गाउँपालिकामा आर्थिक वर्ष २०७४÷०७५ को थप वजेटबाट काम भइरहेको र यस आर्थिक वर्षभित्रै ऐंसेलुखर्कस्थित सेनाको व्यारेक नजिक ट्रान्सफर्मर राखेर विजुली बाल्ने प्राधिकरणको लक्ष्य छ । 

यसैगरी, जन्तेढुंगा गाउँपालिकामा विधुत विस्तारको काम भइरहेको र चाँडै बत्ति बाल्ने प्राधिकरणको लक्ष्य छ । जिल्लाकै पूरानो तथा ऐतिहासिक बजार ऐंसेलुखर्क, चिसापानी सहित अन्य स्थानमा विजुली नबल्दा सरकारी, गैर सरकारी कार्यालयलाई कामकाज गर्नमा ठूलो समस्या छ । यस्तै, दुइ गाउँपालिका बाहेक अन्य विभिन्न गाउँपालिका तथा नगरपालिकाको गाउँ, टोल, वडाहरुमा विजुली बत्ती नपुग्दा विधार्थी, बृद्धबृद्धा, कुटानी पिसानी र दैनिक कामकाजमा बाधा पुगिरहेको स्थानीयहरुले बताएका छन् । १२ हजार ३ सय २४ जना खोटाङमा यसका ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य