२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा विजुली नबल्दा तीस हजार स्थानीय अध्याँरोमा

२०७५, २५ माघ शुक्रबार १२:२७

चिसाङ शेर्पा | माघ २५ खोटाङ | विजुली बत्ती नबल्दा खोटाङमा तीस हजारबढी स्थानीय अध्याँरोमा बस्न बाध्य छन् । जिल्लाको ऐंसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा केन्द्रिय प्रशारण लाइनको विजुली बत्ती नबल्दा त्यहाँका स्थानीयहरु अझैसम्म शास्ती खेप्दै अध्याँरोमा बस्न बाध्य छन् । त्यस भेगमा प्रशस्त लघु जलविधुत समेत छैन ।

गाउँपालिकाको जलेश्वरी, महेश्वरी, ज्यामिरे र माक्पा चार वडाका करीव १६ हजार स्थानीय अध्याँरोमा वसिरहेको ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । ऐंसेलुखर्क, वाकाचोल र राखावाङ्देलमा भने, स्थानीय खोलाबाट उत्पादित लघु जलविधुत छ । गाउँपालिकाभरी विजुली बाल्नका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले २० लाख खर्चगरी रावाबेंशी गाउँपालिका–६ हौंचुरस्थित राईसिङगेबाट माक्पासम्म हाइटेन्सन लाइनको पोल गाड्ने, तार तान्ने र दुई थान ट्रान्सफर्मर खरीद गरिसकेको गाउँपालिका अध्यक्ष निरौलाले बताए । गाउँपालिकालाई विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले ५४ वटा पोल र कम मात्रामा तार दिएकाले काम गर्न असहज भएको अध्यक्षले जनाए । 

यस्तै, जिल्लाको दक्षिणी भेगमा अवस्थित जन्तेढुंगा गाउँपालिकाभरी अझै विजुली बत्ती बलेको छैन । देविस्थान, वोपुङ, काहुले, डम्बर्खुशिवालय, चिसापानी र दिप्लुङमा केन्द्रिय प्रसारणको विजुली नबलेको हो । त्यस गाउँपालिकामा रहेका १५ हजार ४४४ जना स्थानीय अध्याँरोमा जीबन गुजारा गरिहरेको गाउँपालिका अध्यक्ष शंकर बहादुर राईले जनाए । गाउँपालिकाबाट आर्थिक वर्ष २०७५÷०७६ मा बिनियोजित ८५ लाख बजेटबाट धमाधम विधुत विस्तारको काम भइरहेको छ । आगामी वर्षको बैशाखदेखी चिसापानीबाट विजुली बल्न सुरु हुने गाउँपालिका अध्यक्ष राईको भनाइ छ । गाउँपालिका र प्राधिकरणको छुट्टा छुट्टै बजेटबाट दुवै गाउँपालिकामा धमाधम विधुत विस्तारको काम भइरहेको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । ऐसेलुखर्क गाउँपालिकामा आर्थिक वर्ष २०७४÷०७५ को थप वजेटबाट काम भइरहेको र यस आर्थिक वर्षभित्रै ऐंसेलुखर्कस्थित सेनाको व्यारेक नजिक ट्रान्सफर्मर राखेर विजुली बाल्ने प्राधिकरणको लक्ष्य छ । 

यसैगरी, जन्तेढुंगा गाउँपालिकामा विधुत विस्तारको काम भइरहेको र चाँडै बत्ति बाल्ने प्राधिकरणको लक्ष्य छ । जिल्लाकै पूरानो तथा ऐतिहासिक बजार ऐंसेलुखर्क, चिसापानी सहित अन्य स्थानमा विजुली नबल्दा सरकारी, गैर सरकारी कार्यालयलाई कामकाज गर्नमा ठूलो समस्या छ । यस्तै, दुइ गाउँपालिका बाहेक अन्य विभिन्न गाउँपालिका तथा नगरपालिकाको गाउँ, टोल, वडाहरुमा विजुली बत्ती नपुग्दा विधार्थी, बृद्धबृद्धा, कुटानी पिसानी र दैनिक कामकाजमा बाधा पुगिरहेको स्थानीयहरुले बताएका छन् । १२ हजार ३ सय २४ जना खोटाङमा यसका ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित