२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा अवैध घरेलु मदिराको अत्याधिक ब्यापार

२०७५, २६ माघ शनिबार ०६:४७

सम्राट सिंह । माघ २६, बझाङ । सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा अवैध घरेलु मदिराको अत्याधिक व्यापार भइरहेको छ । २ वटा नगरपालिका र १० वटा गाउँपालिका भएको बझाङमा सस्तो र सुलभ पाइने भएकाले अवैध घरेलु मदिराको व्यापार बढेको हो । मदिराका कारण महिला हिंसा, चोरी,बलात्कार,लुटपाट लगायतका अपराधका घटनाहरुमा बृद्घि हुने गरेको छ । बिशेष गरी जिल्लाको सदरमुकाम चैनपुर आसपासका क्षेत्रका बासिन्दाहरुको आम्दानी मुख्य स्रोत नै घरेलु मदिरा रहेको छ ।  

जिल्ला सभा तथा जिल्ला परिषदले जिल्लालाई नै मदिरा निषेध गर्ने निर्णय गरेको भएपनि कार्यान्वयन भने भएको छैन । गाउँघरका त कुरै छोडौ जिल्लाको मुटु मानिने सदरमुकाम चैनपुरमा दिन दाहाडै घरेलु मदिरा बिक्री भइरहेको सहजै देख्न सकिन्छ । जिल्लाका ठूला होटलहरुमा पक्की मदिरा र न्यूनस्तरका होटलहरुमा घरेलु मदिराको व्यापार हुने गरेको पाइएको छ । 

जिल्लामा घरेलु मदिराको व्यापारमा बृद्घि भइरहेको उद्योग बाणिज्य संघका सचिव शंकर रसाइलीले बताए । प्रहरी, प्रशासन र हामी सबै मिलेर घरेलु मदिरालाई पूर्ण रुपमा निषेध गर्न लाग्नुपर्ने उनको भनाइ छ ।   

मदिरा बिक्री वितरणका लागि झण्डै ६ सय इजाजत प्राप्त लिएका बझाङमा मदिरा व्यापारीहरुले पनि घरेलु मदिराको बढ्दो व्यापारले सरकारलाई कर तिरेर गरेको व्यवसायमा समेत असर परेको गुनासो गर्दै आएका छन ।

जिल्लामा बढ्दो घरेलु अबैध मदिराका कारण इजाजत प्राप्त व्यापारीहरुले सरकारलाई कर तिर्न समेत समस्या हुने गरेको सदरमुकाम चैनपुरमा हाम्रो टेड्रर्स मदिरा पसल संञ्चालन गर्दै आएका देवेन्द्र सिंहले बताए । जिल्लामा प्रति बोतल घरेलु मदिरा १ सय रुपिँयामा पाइने र इजाजत प्राप्त न्यूतस्तरको समेत ७ सय ५० पर्ने हुँदा मदिरा सेवन गर्ने ग्राहकहरुले समेत सस्तो पाइने हुँदा घरेलु मदिरा नै सेवन गर्ने गरेको पाइएको छ ।  

घरेलु मदिरा निषेधका लागि बजारमा प्रहरीले छापा मारी नियन्त्रणमा लिइरहेको प्रहरी निरिक्षक जनक धामीले बताए । पहिलाको तुलनामा केही कमी आएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते