२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

स्वर्ण जयन्तीमा दर्जनौ सम्मानित

२६ माघ २०७५, शनिबार ०७:००

चिसाङ शेर्पा । माघ २६, खोटाङ । विद्धालयको स्वर्ण जयन्तीमा दर्जनौ व्यक्तिहरु सम्मानित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविको स्वर्ण जयन्तीको अवसरमा विभिन्न किसिमबाट विद्धालयलाई योगदान पुर्याउने व्यक्तिहरु सम्मानित भएका हुन् ।


स्वर्ण जयन्तीमा २०७३ फागुन १९ देखी २५ गतेसम्म सञ्चालित श्रीमद भागवत धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा १० हजारभन्दा माथि तुलादान, जग्गादान र नगददान गर्ने व्यक्तिहरुको विवरण सहितको ताम्रापत्र विद्धालयमा अनावरणगरी सम्मान गरिएको छ । गत शनिबार (माघ १९)देखी सुरुवात भएको विद्धालयको स्वर्ण जयन्ती समापनका दिन शुक्रबार प्रतिनिधिसभाका सदस्य विशाल भट्टराइले ताम्रापत्रको अनावरण गरेका छन् । स्वर्ण जयन्तीको अवसरमा विद्धालयले प्रकाशन गरेको ‘हाम्रो पञ्च मावि’ नामक स्मारिका विमोचन, विद्धालयलाई विशेष योगदान पुर्याउनुहुने ७० वर्ष माथिका ६० जनावढी अभिभावक, पाचजना पुर्व प्रअहरु, पाचजना पुर्व विव्यास अध्यक्षहरुलाई अभिनन्दन गरिएको प्रधानाध्यापक भवकृष्ण ढकालले बताए ।

यस्तै, सक्रिय युवा सम्मान, शिक्षक सम्मान र उत्कृष्ट सदन तथा अन्तर मावि भलिबल प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो । २०२४ सालमा स्थापना विभिन्न चुनौती र कष्टहरु पार गर्दै आएको विद्धालयले साधारण शिक्षा, विशेष शिक्षा र प्राविधिक शिक्षा गरी तीन किसिमले शिक्षा प्रदान गरिरहेको छ । विद्धालयमा १ सय १ जना विधार्थी अध्ययनरत छन् । २०६९ बाट उक्त माविले प्राविधिक शिक्षालयको समेत पढाइ गरिरहेको छ । स्वर्ण जयन्ती समापनमा नेकपा, कांग्रेस लगायतका नेताहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य