२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आर्थिक अभावका कारण विद्यालय भवन अलपत्र

२६ माघ २०७५, शनिबार ११:२६

माघ २६, पर्वत | बजेट अभावका कारण यहाँको एक सामुदायिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ । 

फलेवास नगरपालिका–४ मुडिकुवास्थित माटेदेवल व्यावसायिक तथा प्राविधिक माध्यमिक विद्यालयको भवन बजेट अभावका कारण विगत चार वर्षदेखि अलपत्र परेको हो । एक वर्षभित्रै सम्पन्न गर्नेगरी २०७१ मा निर्माण शुरु गरिएको सो विद्यालयको भवन अझैसम्म बन्न सकेको छैन । 

तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा निर्माण शुरु भएको दुई कोठे सो पक्की भवन अलपत्र रहँदा विद्यालयमा कक्षाको समस्या छ । आर्थिक वर्ष ०७१÷७२ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयले एक वर्षभित्रै सक्नेगरी विद्यालयको पक्की भवन निर्माण गर्ने सम्झौता गरेको थियो । 

सम्झौताअनुरूप पहिलो किस्ता रकम पठाएर बाँकी भुक्तानी नदिएपछि निर्माण कार्य रोकिएको सरोकारवालाको भनाइ छ । 

‘हामीले धेरैपटक सम्बन्धित निकायमा हारगुहार ग¥यौं,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनेश्वर रेग्मीले भन्नुभयो, “शुरुमा रु ६ लाख ल्याउन सकियो, त्यसपछि मन्त्रालय नै विघटनभयो, पैसा आउने कुरै भएन ।” 

विद्यालयको अरू स्रोत नभएकाले प्राप्त बजेटबाट हुने कामबाहेक अरू अगाडि बढाउन नसकेको उहाँले बताउनुभयो । भवनको जग, झ्याल–ढोका र गारो लगाएपछि बाँकी काम रोकिएको हो । निर्माणाधीन भवन अलपत्र परेपछि विद्यार्थीलाई चौर, नजिकैका चौतारा र बरण्डामा राखेर पढाउनु परिरहेको प्रधानाध्यापक रामप्रसाद रिजालले बताउनुभयो । 

विद्यालयले विगत ६ वर्षदेखि कक्षा ९ र १० तथा तीन वर्षदेखि कक्षा ११ र १२ मा समेत नियमितका अलावा प्राविधिक कृषि विज्ञानका कक्षा सञ्चालन गरेको छ । अतिरिक्त पढाइका लागि मात्रै विद्यालयलाई थप चार कोठा आवश्यक छ । “प्राविधिक विषयको पढाइले कोठा पुगेकै छैन”, प्रधानाध्यापक रामप्रसाद रिजालले भन्नुभयो, “विज्ञान प्रयोगशाला र अतिरिक्त कक्षा चलाउन बढी समस्या छ ।” 

कृषि विज्ञानतर्फ मात्रै हाल करीब एक सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । सामान्य र प्राविधिक्तर्फका सबै विद्यार्थीका लागि ४२ कक्षाकोठा आवश्यक छ । तर, विद्यालयसँग अहिले ३५ कोठा मात्रै छन । ‘हुरीबतास र वर्षाका बेला बाहिर बसेर पढ्दा समस्या हुन्छ,’ कक्षा ९ मा अध्ययनरत सविता शर्माले भन्नुभयो, “कक्षाकोठा र फर्निचर नभएपछि पढाइमै समस्या छ ।” विद्यालय प्रशासन र व्यवस्थापन समितिले सम्बन्धित निकायमा धेरै आग्रह गर्दा पनि निर्माणाधीन भवनको काम सूचारु गर्न नसकिएको अभिभावकले बताएका छन् । 

‘हामीले धेरैपटक सम्बन्धित निकायमा आग्रह ग¥यौं,’ व्यवस्थापन समितिका अध्यक्ष रेग्मीले भन्नुभयो, “शान्ति मन्त्रालयले शुरु गरेको हुनाले अब शिक्षाले हेर्न नमिल्ने रहेछ । अरु स्रोत जुटाउन समस्या छ ।” यो दुई कोठे भवन निर्माणमा हालसम्म करीब रु १२ लाख खर्च भइसकेको उहाँले जानकारी दिनुभयो । 

कृषितर्फको ‘बाली विज्ञान’ विषय माध्यमिक (कक्षा १२) सम्म अध्यापन हुने जिल्लाको एक मात्र यो विद्यालय हो । बाली विज्ञान अध्ययनका लागि निकै टाढा–टाढाबाट विद्यार्थी आउने भएकाले विद्यालयले नै छात्रावासको व्यवस्था गर्नुपर्छ । विद्यार्थीका अनुसार कोठा अभावमा क्षमताभन्दा धेरै विद्यार्थी एउटै कोठामा कोचिएर बस्नुपरेको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य