२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको कुश्मामा बिराट गुप्तेश्वर महायज्ञ तथा कोटीहोमको यस्तो छ तयारी

२०७५, २७ माघ आईतवार ०७:०४


पर्वत–पर्वतको कुश्मामा आयोजित बिराट गुप्तेश्वर महायज्ञ, तुलादान तथा कोटीहोमको तयारी तिव्र पारिएको छ । आयोजकले पत्रकार सम्मेलन गरि महायज्ञको हालसम्मको तयारीको बारेमा जानकारी दिएको हो ।


आयोजकका अनुसार जिल्लाका सबै वडामा उपसमित विस्तारलाई अहिले तिव्रता दिइएको छ । मूल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले हालसम्म भएका प्रगतिवारे पत्रकारहरूलाई जानाकारी गराउनु भएको थियो । शर्माले दिएको जानाकारी अनुसार हालसम्म ५६ जना व्यक्तिहरू संस्थापक सदस्य बनिसक्नुभएको छ । आयोजकले कम्तीमा ५१ सय जनालाई तुलादान गराउने कार्यक्रम रहेको शर्माले जानकारी दिनुभयो ।

उहाँले पार्वत र शिवको भेट भएको स्थलको रुपमा रहेको गुप्तेश्वर गुफा परिषरमा शिव पार्वतीको संयूक्त मुर्ती बनाउने तयारी रहेको बताउँदै जग्गा खोजी भैरहेको बताउनुभयो । उहाँले महायज्ञको आयोजक बनाउने काममा पनि समिति व्यस्त रहेको बताउनुभयो । कार्यक्रममा सल्लाहकार लोकनाथ आचार्यले धर्म संगै पर्वतको समग्र विकास गर्नुपर्ने दायित्व महायज्ञ संग जोडिएको बताउनुभयो । उहाँले सबै जात, वर्ग, लिंग र उमेरका व्याक्तिहरुलाई तुलादानमा सहभागी बनाउने र संस्थापक सदस्य बनाउने प्रयासमा रहेको बताउनुभयो ।


गुप्तेश्वर कोटीहोम महायज्ञमा बञ्चितीमा परेको वर्ग दलित समुदायलाई समेत कोटीहोममा सहभागी गराईने सल्लाहकार आचार्यले जानाकारी दिनुभयो । कोषाध्यक्ष कमलनाथ पोख्रेलले आर्थिक संकलनको अवस्थाको बारेमा जानकारी दिनुभयो । महासचिव अच्युत तिवारी लगायतले महायज्ञका विभिन्न विषयमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित