२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा लायन्स क्लवहरुको संख्या बढ्दै, फेरी आयो भुमेकोट लायन्स

२०७५, २७ माघ आईतवार ०७:०५

पर्वत–लायन्स क्लव अफ पर्वत कुश्मा सिटीद्धारा स्पोन्सर गरिएको नवगठित लायन्स क्लव अफ भूमेकोटका पदाधिकारीको पदास्थापन गराइएको छ ।

कुश्मामा भएको एक समारोहमा अध्यक्ष नवराज भण्डारी सहित २१ जना पदाधिकारीहरुलाई पदस्थापन गराइएको हो । प्रमुख अतिथी लायन्स क्लव ३२५ बि. वानका डिष्ट्रिक गर्भनर अशोककुमार श्रेष्ठको उपस्थितीमा सपथ ग्रहण, पिन बितरण र पदास्थापन समारोह भएको हो । कार्यक्रममा बोल्दै श्रेष्ठले देशभरिका १४ लाख लायन्सकर्मीहरु मानविय सेवामा समर्पित भएर लागेको बताउनुभयो ।

बिदेशबाट सहयोग ल्याएर विभिन्न ठाउँमा अस्पताल सञ्चालन गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, दीनदुखीहरुलाई आर्थिक सहयोग गर्दै लायन्स क्लव अगाडी बढिरहेको श्रेष्ठले बताउनुभयो । लायन्स क्लव अफ पर्वत कुश्मा सिटी र लायन्स क्लव अफ भूमेकोटलाई उहाँले सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा पूर्व गर्भनर युक्तप्रसाद श्रेष्ठ, डिष्ट्रिक चिफ पिआरओ परमेश्वर बराल, को चिफ एडभाईजर काशीकुमार जोशी, रिजन चियर पर्सन सरस्वती भण्डारी, लायनस क्लव अफ भूमेकोटका अध्यक्ष नवराज भण्डारी र पर्वत जेसिजका अध्यक्ष मोहन आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लायन्स क्लव अफ पर्वत कुश्मा सिटीका अध्यक्ष सरस्वती शर्मा ‘जिज्ञाशु’ को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष मञ्जु शिलाकार, सञ्चालन सचिव सरस्वती बस्नेतले गर्नुभएको थियो भने ध्वजाको अभिवादन प्रभारत्न जोशीले गर्नुभएको थियो ।

उक्त समारोहमा काशीकुमार जोशी,कमलनाथ शर्मा, सरस्वती भण्डारी,सरस्वती शर्मा ‘जिज्ञाशु’, र अजिता शर्मालाई लायन्स क्लवको ईण्टरनेशनल पिन लगाई उत्प्रेरणा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित