२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काँग्रेसका जनप्रतिनिधिद्वारा नगरसभा बहिष्कार

२०७५, २७ माघ आईतवार १३:५१

सम्राट सिंह | माघ २७, बझाङ | नेपाली कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुले जयपृथ्वी नगरपालिकाको तेस्रो नगर सभा बहिष्कार गरेको छ । जयपृथ्वी नगरपालिकाले काँग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरु सँग कुनै समन्वय नै नगरी सहकारी ऐन पारित गर्न खोजेको भन्दै नगर सभा बहिष्कार गरेका हुन । 

नगर सभामा जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र खडकाले स्थानिय सहकारी ऐन पारित भएको घोषणा गरेलगत्तै नेकपाबाट विजयी भएका जनप्रतिनिधिहरुले ताली पड्काए तर काँग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुले यसमा आपत्ती जनाएका थिए ।

सहकारी ऐन पारित गर्ने जस्ता गम्भीर कुरामा समेत समन्वय नगरी नगरपालिकाले एकलौटी तरिकाले सहकारी ऐन पारित गर्न खोजेको हुँदा हामीले बहिष्कार गरेको नेपाली काँग्रेसबाट विजयी भएका जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दल बहादुर बिष्टले बताए । उनले भने नगरपालिकाले यस्ता कमजोरी नसच्याए काँग्रेसका जनप्रतिनिधिहरु कुनैपनि बैठकमा उपस्थित हुदैनौ ।

नगर सभा कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पनि नगर विकास बारे सबैपक्षले गम्भिर छलफल गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले अहिले जिल्लामा भएको प्रहरी ज्याजतीबारे पनि कडा आपत्ती जनाए । नगर सभा कार्यक्रम आईतवार जिल्ला समन्वय समितीको सभाहलमा शुरु गरेको थियो । सहकारी ऐन नगरबासीका लागि उपयुक्त भएको हुँदा  पारित गर्नका लागि एजेन्डा ल्याएका हौ उहाँहरु उठेर जानुभयो जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग बहादुर शाहीले  भने फेरी छलफल गरेर अगाडि बढ्छौ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते