२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाल महिला सँघ बझाङद्वारा आज सदरमुकाम चैनपुरमा बिरोध प्रदशन

२०७५, २७ माघ आईतवार १३:५४

टेकेन्द्र बोहरा | माघ २७, बझाङ | नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ बझाङले शनिबार सदरमुकाम चैनपुरमा वर्तमान सरकारविरुद्ध विरोध प्रदसन गरेको छ  ।

नेपाल महिला संघ बझाङकी अध्यक्ष शान्ति बोहरा पुजाराको नेतृत्वमा उक्त कार्यक्रम भएको थियो । नेपाली जनताले भोग्नु परेको महंगी देशमा भएको भष्टाचार र अराजकतालाई हटाई निर्मला पन्तलाई न्याय दे भन्दै नेपाल महिला संघ बझाङले केपी सरकार विरुद्ध नारावाजीसहित विरोध सभा गरेको छ ।


नेपाली काँग्रसको पार्टी कार्यालयबाट दिउँसो १२ बजे निस्केको नेपाल महिला संघको विरोध जुलुसले वर्तमान सरकार विरुद्ध नारावाजी लगाउँदै वर्तमान सरकार भष्ट हत्यारा र जनतालाई ठग्ने सरकार भएकाले तुरुन्त राजीनामा दिनु पर्ने भन्दै सदरमुकाम चैनपुर बजार परिक्रमा गरेर लोकतान्त्रिक चोकमा कोण सभा गरेको थियो ।

कोण सभा कार्यक्रममा देश कुराले हैन कामले बनाउन जान्नुपर्छ । दन्ते कथा सुनेर सुनाउने दिन गए । अहिले जनतालाई कुरा हैन काम चाहिएको छ । देश लाई डुवाई , आफु र आफु निकट व्यक्तिहरुलाई समृद्ध बनाउन खोज्ने हत्यारा सरकारले मानवताको धर्म भए राजीनामा दिनुपर्ने महिला संघ बझाङी अध्यक्ष बोहरा पुजाराले बताईन् ।


उनले ओलीलाई गाडिको सहचालकको संज्ञा दिँदै भनिन अब देशमा ठुलो रक्तपात हुने र त्यसको जिम्मा ओली सरकारले लिनु र्पछ । कार्यक्रममा नेपाल महिला संघमा आवद्ध महिलाहरु तथा विभिन्न भातृ संगठनहरुको र कांग्रेसका नेता गणहरुको ठुलो सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते