२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

हाङसरुम्बा चुम्लुङको केन्द्रिय अध्यक्षमा डम्मर

२०७५, २८ माघ सोमबार ०६:२१

कमल घिमिरे । माघ २८। पाँचथर, पाँचथरमा थेगिमहाङ हाङसरुम्बा चुम्लुङ केन्द्रिय कार्य समितिको पाचौँ राष्ट्रिय अधिवेशन आइतबार सम्पन्न भएको छ ।

 हिलिहाङ गाउँपालिका भारपामा भएको अधिवेशनमा ११ सदसिय केन्द्रिय  कार्य समिति चयन गरिएको छ । नव गठित कार्यसमितिहरुमा अध्यक्षमा डम्मर प्रकाश हाङसरुम्बा, उपाध्यक्षमा धन कुमार हाङसरुम्बा र मोहन हाङसरुम्बा, सचिबमा ऐतराज हाङसम्बा,सह सचिवमा महेन्द्र हाङसरुम्बा,कोषध्यक्षमा सरस्वता हाङसरुम्बा र सदस्यहरुमा दिल बहादुर हाङसरुम्बा,सुनिता हाङसरुम्बा,सुस्मिता हाङसरुम्बा, इन्द्र हाङसरुम्बा, सिलसिला हाङसरुम्बा रहेका छन् ।

कार्यक्रम जिल्ला समन्वय समिति सभापति बिमल सापकोटाको प्रमुख आथित्य, तिल विक्रम हाङसरुम्बा को अध्यक्षता तथा हिलिहाङ गाउँपालिका का अध्यक्ष भवानि लिङदेनको विशेष आथित्यतामा सम्पन्न भएको थियो ।

            (जेष्ठ जागरिकलाई सम्मान गर्नु हुँदै जि.स.स.का सभापती विमल सापकोटा)


  अधिवेशन कार्यक्रममा हाङसरुम्बा कलाकारहरुलाई सम्मान तथा अभिनन्दन समेत गरिएको थियो । कुल्बा सुब्बा हाङसरुम्बालाई अभिनन्दन, डि.आर. हाङसरुम्बा,  बादल लिम्बु हाङसरुम्बा, जिवन हाङसरुम्बा , निर्मला हाङसरुम्बा तथा जेष्ठ नागरिक पदम ध्वोज हाङसरुम्बालाई सम्मान गरिएको थियो । कार्यक्रममा न्यु वरदान संगितालयको समेत प्रस्तुति रहेको थियो ।

आगामी दिनमा माङगेना लुङधुङ निर्माण लगायत हाङसरुम्बा बन्धुत्व एकताको लागी ऐतिहासिक कार्यहरुमा एक भएर अघि बड्ने नव निर्वाचित अध्यक्ष डम्मर प्रकाश हाङसरुम्बाले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते