2026-09-14 04:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा भाइरल ज्वरोका बिरामी बढे

सम्राट सिंह | माघ २८, बझाङ | मौसम परिवर्तनसँगै बझाङमा भाइरल ज्वरोका बिरामी बढेका छन । एक साता अगाडि जयपृथ्वी नगरपालिकाका केहि वडामा देखिएको भाइरल ज्वरो अहिले जिल्ला भरी नै फैलिएको हो । 

भाइरल ज्वरोका बिरामी बढेपछि उपचारका लागि जिल्ला अस्पताल, स्वास्थ्य चौकी र निजी औषधि पसलहरुमा बिरामीको भिँड लागेको छ ।  साना बच्चा देखि बृद्घ सम्मलाई भाइरल ज्वरो देखिएपछि जनजिवन प्रभावित बनेको छ ।

टाउँको दुख्ने,ज्वरो आउने, हात खुट्टाका जोर्नीहरु दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखा परेको भाइरल ज्वरोका बिरामी प्रकाश सुवर्णकारले बताए  । भाइरल ज्वरोले आफ्नो सम्पूर्ण परिवार नै थला परेको उनको भनाई छ । 

शुरुमा गाउँमा ४÷५ जनालाई देखिएको भाइरल ज्वरो अहिले आएर जिल्ला भरी नै फैलिएको मष्टा गाउँपालिकाका घर भएका कलक सिंहले बताए । 

भाइरल ज्वरो जिल्लाभरी फैलिएपछि जिल्ला अस्पताल बझाङले जनचेतनाका लागि स्थानिय एफएमहरुमा शन्देशहरु प्रसारण समेत गरेको छ । 

जिल्लामा बच्चा देखि बृद्घ सम्मलाई भाइरल ज्वरोले थला पारेको हुँदा यस्तो समयमा जिल्लाका स्वास्थ्य कर्मीहरुले स्वास्थ्य संस्थामा नियमित रुपमा उपचारमा खटिनुपर्ने अवस्था आएको छ । विगत ३ बर्ष अगाडि बझाङमा फैलिएको भाइरल ज्वरोको कारण २ जनाको मृत्यु भएको थियो ।

जिल्लाकाअस्पताल, स्वास्थ्य चौकी,उपस्वास्थ्य चौकीगरी दैनिक झण्डै २ सय भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल बझाङका डाक्टर अनुप रेग्मीले बताए । भाइरल ज्वरोका बिरामी  दिन प्रतिदिन बढ्दै गइरहेका र स्वास्थ्यकर्मीहरु बिरामीको उपचारका लागि दिनरात खटि रहेका उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले