२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा पानीघट्ट लोप हुँदै

२०७५, २८ माघ सोमबार ११:१०

माघ २८, बाजुरा । पुरानो प्रविधि र सीप देखिने पानीघट्ट यतिबला हराउन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् । 

गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानीपिसानी मिलकै कारण पानीघट्टको माग कम हुँदै गएको एक दशकदेखि पानीघट्ट सञ्चालन गर्दै आएका करवीर नाथले बताउनुभयो । मिलमा पिसानी गर्दा कम समय लाग्ने भएपछि महत्व घट्दै गएको पानीघट्ट सञ्चालक नाथ बताउनुहुन्छ । नदी तथा खोला किनारमा हुने र गाउँबाट टाढा हुने, एक्लै गएर पिसानी गर्न पनि असुरक्षा हुने गरेका कारण मिलप्रति स्थानीयवासीको आकर्षण बढेको बडिमालिका नगरपालिका–२ का विक्रम गुयाले बताउनुभयो । 

मेशिनमा पिस्दा स्वाद हराउने हुँदा रोटी मीठो नहुने बुढापाका बताउँछन् । पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् । पानीघट्टको संरक्षण आवश्यक रहेको बडिमालिका नगरपालिका–२ घागरका पानीघट्ट सञ्चालक महावीर महतको भनाइ छ । मिल सञ्चालनसँगै सयौँको रोजगारीसमेत बन्द भएको छ । रोजीरोटी बन्द भएकोमा भन्दा प्रविधि हराउनेमा बढी चिन्ता लागेको महत बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते