२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा ६२ जुवाडेसहित एक लाख ३१ हजार बरामद

२०७५, २९ माघ मंगलवार ०८:१८

माघ २९, मार्तडी । जुवातास खेलेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाजुराले चार महीनामा ६२ जुवाडेसहित रु एक लाख ३१ हजार बरामद गरेको छ । 

सो अवधिमा जिल्लाका विभिन्न स्थानबाट ८ टोली जुवाडेसहित उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । कात्तिकमै मात्र चार जुवाखालबाट रु एक लाख १६ हजार नगदसहित २५ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । भाटले भन्नुभयो,“जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा आवतजावत गराएमा उक्त व्यक्तिलाई कानूनी कारवाही गरिनेछ ।” 

स्थानीयस्तरमा रहेका होटल तथा पसलमा जुवातास खेल्नेलाई प्रहरीले निगरानीमा राखी छापा मार्न थालेपछि अहिले घरमा जम्मा भएर जुवा खेल्ने गरेको पाइएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताउनुभयो । जिल्लाका नौ वटै स्थानीय तहका विभिन्न ठाउँमा मदिरा खाएर हो हल्ला गर्ने चारसयलाई प्रहरीले कारवाही गरेको जनाएको छ । प्रहरीले चार महीनामा तीन हजार ३२ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते