२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा ६२ जुवाडेसहित एक लाख ३१ हजार बरामद

२९ माघ २०७५, मंगलवार ०८:१८

माघ २९, मार्तडी । जुवातास खेलेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाजुराले चार महीनामा ६२ जुवाडेसहित रु एक लाख ३१ हजार बरामद गरेको छ । 

सो अवधिमा जिल्लाका विभिन्न स्थानबाट ८ टोली जुवाडेसहित उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । कात्तिकमै मात्र चार जुवाखालबाट रु एक लाख १६ हजार नगदसहित २५ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । भाटले भन्नुभयो,“जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा आवतजावत गराएमा उक्त व्यक्तिलाई कानूनी कारवाही गरिनेछ ।” 

स्थानीयस्तरमा रहेका होटल तथा पसलमा जुवातास खेल्नेलाई प्रहरीले निगरानीमा राखी छापा मार्न थालेपछि अहिले घरमा जम्मा भएर जुवा खेल्ने गरेको पाइएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताउनुभयो । जिल्लाका नौ वटै स्थानीय तहका विभिन्न ठाउँमा मदिरा खाएर हो हल्ला गर्ने चारसयलाई प्रहरीले कारवाही गरेको जनाएको छ । प्रहरीले चार महीनामा तीन हजार ३२ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य