2026-09-14 04:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा कुष्ठरोगका नयाँ बिरामी फेला

धनबहादुर भण्डारी | माघ २९, डडेल्धुरा | सरकारले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि प्रत्येक वर्ष कुष्ठरोगका नयाँ बिरामी थपिँदै गएका छन् । 

डडेल्धुरामा मात्रै प्रत्येक वर्ष ३–४ जनामा कुष्ठरोग देखिने गरेको यहाँको उपक्षेत्रीय अस्पतालले जनाएको छ । अस्पतालले पाँच वर्षको अन्तरालमा ९३ कुष्ठरोगीको उपचार गरेको जनाएको छ । 

गत पुस महीनासम्ममा डडेल्धुरामा तीन जनामा कुष्ठरोग देखा परेका उपक्षेत्रीय अस्पतालका टिभी ल्याप्रोसी सुपरभाइजर तारादत्त पन्तले जानकारी गराउनुभयो । गएको पुससम्ममा १२ जनामा सङ्क्रमण देखिएको थियो । सुपरभाइजर पन्त भन्नुहुन्छ, “कुनै महीना पाँचजनामा पनि कुष्ठरोगको सङ्क्रमण पाइने गरेको छ । 

गत वर्ष १८ जनामा कुष्ठरोगको सङ्क्रमण देखिएपछि अस्पतालमा उपचार सम्भव नभएकाले पछि विषेशज्ञ चिकित्सकीय उपचारका लागि आठ जनालाई अन्यत्र सिफारिश गरिएको पन्तले जानकारी दिनुभयो । यसवर्ष पनि तीनजनालाई उपचारका लागि अन्यत्र पठाइएको बताइएको छ । 

विगतका वर्षको तुलनमा बिरामीको सङ्ख्या घटेको भए पनि सरकारले घोषणा गरेको कुष्ठरोग भने निवारण हुन सकेको छैन । हरेकवर्ष नयाँ बिरामी आउने गरेका सुपरभाइजर पन्तले बताउनु भयो । तर, पहिले र अहिलेको तुलनामा शरीरको अङ्गभङ्ग भएपछि अस्पताल पुग्ने क्रम भने रोकिएको छ । शुरुवाती लक्षण र बिरामीलाई शङ्का उत्पन्न हुने वित्तिकै अस्पताल जाँच गर्न आउने गरेको चिकित्सक बताउँछन् । जाँच गर्न अस्पताल आउँदा प्रत्येक वर्ष १८–२० को सङ्ख्यामा कुष्ठरोग देखिने गरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको तथ्याकङ्ले देखाएको छ । 

धेरै बिरामीको उपक्षेत्रीयमा नै उपचार हुने गरेको र कतिपयलाई विषेशज्ञ सेवा आवश्यक पर्ने भएकाले बाहिर पठाउने गरेको अस्पतालले जनाएको छ । झण्डै तीन दशक अघि सुदूरपश्चिममा पहिलो पटक पोखरामा रहेको टिम अस्पतालले कुष्ठरोगको उपचार थालेको थियो । उतिबेला सयौंको सङ्ख्यामा शरीरका अङ्गभङ्ग भएका बिरामी अस्पताल पुग्ने गरेको स्थानीयवासी बताउँछन् । 

केहीवर्ष आगाडि देउता रिसाउँदा कुष्ठरोग हुने अन्धविश्वासका कारण सर्वसधारण उपचार गर्न समेत डराउने गर्दथे । शिक्षाका कारण जनचेतना बढेसँगै उपचारमा पहुँच भएकाले बिरामी चाँडो अस्पताल पुग्ने गरेको उपक्षेत्रीयका मेडिकल सुपरिटेण्डेन्ट जीतेन्द्र कँडेलले बताउनुभयो । 

कुष्ठरोगलाई अझै पनि कतिपयले वङ्शाणुगत रोग, पापका रुपमा लिने गरेका छन् । उहाँले भन्नुभयो, “तर, यो सत्य होइन । यो रोग छिट्टै नसर्ने रोग हो भने उपचार गरे पूर्णरुपमा निको हुन्छ ।” उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बाजुरा, अछाम, दार्चुला, बझाङ्ग, बैतडी, डोटीबाट उपचार गराउन बिरामी आउने गरेकाले धेरै बिरामी देखिएको हो । सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाबाट वर्षेनी २–३ जना कुष्ठरोगी देखिने गरेको तथ्याङ्क छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले