२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा चट्याङ: टेलिकमको टावरमा क्षति हुँदा फोन सेवा अवरुद्ध

१ फाल्गुन २०७५, बुधबार ०३:०७

फागुन १, बाजुरा (रासस) | चट्याङ लागेर जिल्लाको छेडेदह गाउँपालिकामा रहेको नेपाल टेलिकमको रेडियो रिपीटरटावरमा चट्याङ पर्दा फोन सेवा अवरुद्ध भएको छ । खप्तड छेडेदह गाउँपालिका–७ छेडेदहको जङ्गलमा रहेको नमस्ते फोनको टावरमा चट्याङ लागेर क्षति पुगेको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिनुभयो । 

टावर र सोलारमा क्षति पुगेपछि सो क्षेत्रको नमस्ते फोन सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि साविक आँटीचौर, गुदुखाती, डोगडीलगायतका आसपास क्षेत्रको सम्पर्कविच्छेद भएको छ । टावरमा जडान गरिएका १५ वटै सोलारका पाता चट्याङ लागेर जलेको बताइएको छ । 

डोगडी प्रहरी चौकीबाट गएको प्रहरीको टोलीका अनुसार पाता काम नलाग्ने गरी जलेको र टावरमा समेत क्षति पुगेको वडाध्यक्ष रावतले बताउनुभयो । उहाँका अनुसार टेलिकमको टावरमा खबर गर्दा प्राविधिक पठाएर अवस्था बुझ्ने बताएकाले फोन सञ्चालनमा ढिलाइ हुने देखिएको छ । फोन पूर्णरूपमा अवरुद्ध भएपछि स्थानीय उपभोक्तालाई खबर आदानप्रदान गर्न समस्या भएको छ । 

त्यस्तै कालाजग्रामा रहेको नेपाल टेलिकमको टावरमा पनि चट्याङकै कारण क्षति भएको नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मनबहादुर रोकायाले जानकारी दिनुभयो । जसका कारण कोल्टी क्षेत्रका नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएको रोकायाले बताउनुभयो । 

टावर रहेको क्षेत्रमा अहिले पनि तीन फिट बढी हिँउ जमेका कारण मर्मत गर्न केही दिन लाग्ने अधिकारी रोकायाले बताउनुभयो । चट्याङकै कारण सिल्पेलेखमा रहेको सुविसु कम्पनीको टावरमा पनि क्षति पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य