2026-09-14 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जनप्रतिनिधिको उदाहरणीय काम: आफ्नै पारिश्रमिक शिक्षा क्षेत्रमा

फागुन १, गलकोट (रासस) | जननिर्वाचित प्रतिनिधिले पनि पारिश्रमिक पाउने व्यवस्थाको आलोचना भइरहेकै बेला यहाँका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिक शिक्षा क्षेत्रमा खर्चन थाल्नुभएको छ । 

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका वडाध्यक्ष अर्जुनप्रसाद खरेलले आफ्नो पारिश्रमिकवापतको रकम वडाको शिक्षा क्षेत्रको विकासका लागि खर्चने भन्दै विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । 

खरेलले वडाध्यक्ष भएपछि सरकारबाट प्राप्त गरेको पारिश्रमिकवापतको रकमलाई विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग पुगोस् भन्दै विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको बताउनुभयो । उहाँले ग्वालीचौरको भानु माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि रु दुई लाख ५१ हजार ५५५ को अक्षयकोष स्थापना गर्नुभएको हो । 

“सामाजिक क्षेत्रमा काम गने भएकाले पारिश्रमिकको अपेक्षा गरेको थिइनँ”, खरेलले भन्नुभयो, “आफूले कार्यकालभरि प्राप्त गरेको पारिश्रमिक विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि खर्चनेछु”, खरेल उक्त विद्यालयका पूर्वविद्यार्थी तथा शिक्षकसमेत हुनुहुन्छ । 

पन्ध्र वर्ष अनुदान शिक्षकका रूपमा अध्यापन गराएको विद्यालयलाई जनप्रतिनिधिवापतको पारिश्रमिक खर्चन थालेको उहाँले बताउनुभयो । समाज सेवा गर्नेलाई पैसाभन्दा ठूलो मन चहिने भन्दै खरेलले आगामी दिनमा प्राप्त पारिश्रमिकले वडाकै अन्य विद्यालयमा अक्षयकोष स्थापना गर्ने तथा विपन्न परिवारको खरको छाना विस्थापित गर्ने लक्ष्य राख्नुभएको छ । 

वडाध्यक्ष भएपछि पूरै समय सामाजिक क्षेत्रमा बिताउनुभएका खरेलले श्रीमतीको शिक्षक पेशाबाट आएको रकमले घर खर्च चलाउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ