११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पत्रकार र ज्येष्ठ नागरिकलाई निःशुल्क बस सेवा

१ फाल्गुन २०७५, बुधबार ०३:१६

फागुन १, डोटी (रासस) | शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा पत्रकार, अपाङ्गता भएका व्यक्ति, असहाय र ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने भएका छन् । 

नगरपालिकामा मङ्गलबार बसेको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति र पत्रकारलाई निःशुल्क रुपमा यात्रा गर्न दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जानकारी दिनुभयो । 

नगरपालिकाका नागरिकको सहुलियतका लागि बस सञ्चालन गरेकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्ति, असहायलाई सेवासुविधा दिन सो निर्णय गरिएको नगरप्रमुख सीताराम जोशीले बताउनुभयो । 

पत्रकारलाई समाचार सङ्कलनका क्रममा सजिलो होस् भन्ने उद्देश्यले नगरबसमा निःशुल्क यात्राको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले गरेको उक्त निर्णयलाई स्थानीयवासीले स्वागतयोग्य काम भनेर खुशी व्यक्त गरेका छन् । नगरपालिकाले केही महीनाअघि मात्रै दुई नगरबस सञ्चालनमा ल्याएको छ । अरु गाडीभन्दा उक्त नगरबसले ३० प्रतिशत कम भाडा लिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा