२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

प्रणय दिवसका आवसरमा मायालु डाँडामा भिड

२ फाल्गुन २०७५, बिहीबार ०६:२८

धु्रवसागर शर्मा | फागुन २, गलेश्वर | भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको छ । 

सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त षँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य वृद्धि भएको स्थानीयवासी चन्द्रबहादुर कार्कीले बताउनुभयो । 

हिजोआज म्याग्दीका साथै अन्य जिल्लाबाट आएका व्यक्ति र विदेशीको समेत यहाँ भीड लाग्न थालेको उहाँको भनाइ थियो । विगतमा खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवती भ्यालेन्टाइनडे को माहोल शुरु भएपछि गुलाब र विभिन्न जातका फूलसमेत लिएर एकापसमा साटासाट गरेका दृश्य देखिने गरेको लम्भीहिल हरितपार्क निर्माण समितिका अध्यक्ष हरिलाल घिमिरेले जानकारी दिनुभयो । 

“विभिन्न आधुनिक पोशाकमा सजिएर मोटरसाइकल, स्कुटीलगायत सवारी साधनमा यहाँ आउने युवायुवतीको सङ्ख्या पहिलेको तुलनामा केही दिनयता झन वृद्धि हुँदै गएको छ”, उहाँले भन्नुभयो, “युवायुवतीको सङ्ख्या वृद्धिसँगै यहाँका कृषिउपज र फलफूलको पनि व्यापार बढेको छ ।” 

मायालु डाँडामा रेलिङ, गोलघर, खाजाघरलगायतका पूर्वाधार निर्माण गरिएपछि पर्यटकको आकर्षण बढ्दै गएको हो । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले मायालु डाँडामय बन्न पुगेको छ । 

म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको उक्त डाँडामा अहिले दिनहुँजसो सयौँको सङ््ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । स–साना बालबालिकादेखि पाका उमेरका मानिस त्यहाँ पुग्ने गरेका छन् । मायालु डाँडाको डिलबाट सुन्दर र आकर्षक देखिने बेनीबजारलाई पिठ्युँमा पारेर फोटो खिच्नेहरूको ओइरो नै लाग्ने गरको छ । 

त्यहाँबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयवासीले बताए । पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक मायालु डाँडामा परिणत भएपछि समूह–समूह बनाएर दैनिक युवापुस्ताको भिड लाग्ने गरेको छ । अन्य बेलासमेत त्यहाँ मानिसको उपस्थिति देखिन्छ भने बिदा र शनिबारको दिनमा त झनै भीडै लाग्ने गरेको छ । प्रायः कलेज पढ्ने उमेरका युवायुवती मायालु डाँडामा देखिन्छन् । 

प्रवासी म्याग्देलीलाई साझेदार बनाएर नयाँ अवधारणाअनुसार हाँडेभीर–बेनी जोड्ने म्याग्दी नदीको पुल नजिकैबाट पदमार्ग निर्माण थालिएको छ । पदमार्ग निर्माण भएपछि मायालु डाँडामा पुख्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या तीन गुणाले बढ्ने अपेक्षा गरिएको वडा नं २ का वडाध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । 

म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर सरकारी निकाय, निजी क्षेत्र र प्रवासी म्याग्देलीको संयुक्त साझेदारीमा पर्यटन पूर्वाधार योजनाअन्तर्गत पदमार्ग निर्माण गर्न लागिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयोे । कूल रु ५७ लाख, आठ हजार, २६० लागत अनुमान गरिएको पदमार्ग निर्माणमा बेनी नगरपालिका, मोना र उद्योग वाणिज्य सङ्घले क्रमशः ५०, ४० र १० प्रतिशत लगानी गर्ने गरी यसअघि नै समझदारीपत्रमा हस्ताक्षरसमेत गरिसकिएको छ । 

बेनीदेखि आधा घन्टाको दूरीमा रहेको मायालु डाँडाबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्र देख्न सकिन्छ । 

यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तका साथै बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्य अवलोकन गर्न सकिन्छ । 

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने मायालु डाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीले माग गरेका छन् । त्यहाँ पुग्नका लागि पदमार्ग, रेष्टुराँ, भ्यूटावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउनेस्थलका रुपमा स्थापित गर्नसके पर्यटन व्यवसायसमेत फस्टाउने बताइन्छ । 

मायालु डाँडामा आव २०७३÷७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको लभ्लीहिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ । कूल रु १२ लाखको लागतमा लभ्लीहिलमा गोलघर (भ्यु प्वाइन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्चलगायत पूर्वाधारको निर्माणसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । 

साँघुरो बेनी बजारमा युवायुवती र वृद्धवृद्धाका लागि रमाउने र आराम गर्ने ठाउँको अभाव खड्किरहेको अवस्थामा मायालु डाँडामा भौतिक पूर्वाधार निर्माणसँगै उचित वातावरणको व्यवस्था गर्न सक्ने हो भने यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने स्थानीयवासी बताउँछन् । 

कृषि गाउँको रुपमा परिचित खबरा र प्राकृतिक दृश्यावलोकनका लागि अति उपयुक्त स्थान मायालु डाँडामा ‘भ्यालेन्टाइन डे’ का अवसरमा मात्रै होइन सधैँभरि पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले यहाँ हरित पार्क निर्माण गर्न लागिएको समितिका अध्यक्ष धु्रवराज कार्कीको भनाइ थियो । 

हरितपार्क निर्माणसँगै विभिन्न सभा र सम्मलेलनका लागि उपयुक्त हुने सभाहलसमेत बनाउने योजनाबमोजिम नगरपालिकासँग समन्वय भइरहेको र सहयोगी अन्य संस्थाको पनि खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य