2026-09-14 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनी–मालढुङ्गा सडक बन्द

फागुन २, म्याग्दी | म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ । 

जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको सडक फराकिलो बनाउने कामका लागि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले बुधबारदेखि लागू हुने गरी समयतालीका बनाएको हो । 

जसअन्तर्गत बिहान ६ देखि ८, दिउँसो १० देखि १ र २ देखि ४ बजेसम्म सवारीसाधन रोकेर सडक विस्तार गर्ने मालढुङ्गा–बेनी सडक आयोजना निर्माण कम्पनीका प्रतिनिधि अमृतकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

म्याग्दी र मुस्ताङबाट पर्वत, बागलुङ, पोखरा, काठमाडाँैलगायत देशका विभिन्न स्थानका लागि छुट्ने र भित्रिने सवारीसाधन प्रभावित भएका छन् । बेनी–मालढुङ्गा सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । 

सडक डिभिजन कार्यालय बागलुङले लामाखेतदेखि वारिबेनीसम्मको एक किलोमिटर १०० मिटर दूरीको सडक स्तरोन्नति र कालोपत्र गर्न आयोजना सञ्चालन गरेको छ । सडक विस्तार, नाली निर्माण र कालोपत्रका लागि डिभिजनले गत पुस १७ गते रु एक करोड १५ लाखमा अजय–त्रिशक्ति जेभीसँग आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने सम्झौता गरेको छ । 

निर्धारित समयभित्रै योजना निर्माण सम्पन्न गर्न सडक निर्माण र सवारी सञ्चालनको समयतालीका बनाइएको हो । ११ मिटर फराकिलो हुने सडकको साढे पाँच मिटर चौडाइमा कालोपत्र र एक मिटर चौडाइको नाली हुनेछ । 

यो सडक हाल सात मिटरको हाराहारीमा फराकिलो छ । मालढुङ्गा–बेनी म्याग्दी र मुस्ताङ प्रवेशद्वारको रुपमा पनि यो सडकलाई लिइने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ