२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया

४ फाल्गुन २०७५, शनिबार ०४:२६

फागुन ४, नुवाकोट (रासस) | जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको आँखा शिविरमा ३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । 

विदुर नपा–७ तुप्चेको चण्डेश्वरी माविमा नुवाकोट सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको तीनदिने शिविरमा ३१५ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो । शिविरमा मोतियाविन्दुको कारण आँखाको ज्योति गुमाएका सातको शल्याक्रियापछि आँखा देख्न सक्ने समेत भएको नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख शङ्कर अधिकारीले जानकारी दिनुभयो । 

ग्रामीण भेगमा रहेको आँखाका बिरामीलाई सहजरूपमा शल्यक्रियासहितको उपचारको व्यवस्था गर्न शिविर आयोजना गरिएको हो । शुक्रबार सम्पन्न शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रचनासिंह राणासहितको २० जनाको टोली खटिएको थियो । 

माघ १७ गतेबाट जिल्लाको विभिन्न स्थानमा सञ्चालन भएको आँखा शिविरमा दुई हजार २०७ जनाको आँखा परीक्षण भएको नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो । जिल्लामा १२ स्थानमा आँखा शिविर सञ्चालन गरिएको अधिकारीले बताउनुभयो । आँखा शिविर जिल्लामा भद्रुटार, पञ्चकन्या, राउतबँेसी, हल्देकालिका, देउराली, मदानपुर, चौघडा, किम्ताङ, भाल्चे, दाङसिङ, देवीघाटमा सञ्चालन भएको थियो । 

उक्त शिविरबाट मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने आँखाका २२६ बिरामीको पहिचान गरिएको थियो भने नुवाकोट सामुदायिक आँखा केन्द्रमा आँखा परीक्षणको क्रममा मोतियाविन्दु भएका भेटिएका सहित तीनदिने शिविरमा ४८६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिने योजना रहेको भए पनि सबै बिरामीको सहभागिता नभएकाले सङ्ख्या केही कम भएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान