२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्राकृतिक सौन्दर्यताको बेजोड नमुना, दाङ मुलकोटको सिद्ध चमेरे गुफा

२०७५, ४ फाल्गुन शनिबार ०७:००

शंकर के सी । सल्यान, ३ फागुन । दाङ तुलसिपुरको पहाडी क्षेत्र मुलकोट । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण । वरिपरि लेक र छाँगा, छहरा, पहरा । विचमा सिद्ध चमेरे गुफा । ऐतीहासिक र धार्मिक महत्व बोकेको यस गुफाको पर्याप्त विकास, व्यवस्थापन र उचीत प्रचारप्रशार हुन नसकेपनि पछिल्लो समय धेरैको पर्यटकीय गन्तव्य बनेको छ ।


तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ४ मुलकोटमा अवस्थीत सिद्ध चमेरे गुफा हेर्न आउनेहरुको संख्या क्रमिक रुपमा बृद्धि हुदै गएको गुफा ब्यवस्थापन समितीले जनाएको छ । गुफाको रेखदेख र टिकट शुल्क उठाउनका लागी स्थानीय सिताराम पुन मगरलाइ जिम्मेवारि दिइएको छ । पुनले भनेका छन्, ‘यस गुफामा आउनेहरु बढ्दै गएका छन् । शनिबारको दिनमा त सय जना भन्दा धेरैले गुफाको अवलोकन गर्छन् ।’ उनका अनुसार अन्य दिनमा पनि मानिसहरु आइरहने गर्छन् ।

राप्ती लोकमार्गको तुलसिपुर सल्यान सडकखण्ड अन्तर्गत तुलसिपुरदेखि करिव १० किलोमिटर उत्तरतर्फ हरनेटी भन्ने स्थानबाट गुफासम्म पुग्न सकिन्छ । व्यवस्थापन समितीका अध्यक्ष भुप बहादुर पुनका अनुसार हरनेटीबाट गुफा भएको स्थानको थोरै माथी सम्म मोटरबाटो पुगेको छ । यस्तै गुफाको केहि तल सम्म दाङको पर्सेनीबाट पनि मोटरबाटो आएको अध्यक्ष पुनले जनाए ।

चमेरे गुफाको वातबरण निकै शान्त छ । गुफाका भित्ताहरुमा अनेक आकृति देख्न सकिन्छ । शिव, बाघ, सर्प लगाएको आकृती रहेको यस गुफा भित्र निकै अध्याारो छ । विजुली बत्तीको ब्यवस्था गरिएको गुफामा १२० वाटको सोलार पनि जडान गरिएको छ । यद्यपी गुफाभित्र जडान गरिएका वत्ती निकै मधुरो रहेका छन् । अवलोकन गर्न जानेहरुले आफै टर्च लाइट नलगेमा गुफाभित्रको सबै अवस्था हेर्न मुस्कील पर्छ ।

गुफाभित्र र वाहिर २ वटा शिवजी को मुर्ती रहेको छ । धेरैले शिवजीको पुजा आरधाना पनि गर्नेगर्दछन् । गुफाभित्र अर्काे तला हेर्न र त्यहाँका ओढारहरु हेर्नका लागी फलामको भर्याङहरु बनाइएको छ । यद्यपी भर्याङहरु खिया लागेर जीर्ण अवस्थामा पुगीसकेको छ । उचीत व्यवस्थापनको अभावमा रहेको सिद्ध चमेरे गुफा प्राकृतीक सौन्दर्यताको एक बेजोड नमुनाको रुपमा रहेको छ ।

स्थानीयका अनुसार यो गुफा २०५५ सालतीरबाट मात्रै चर्चामा आउन लागेको हो । किनकी विकट क्षेत्रमा अवस्थीत छ । स्थानीय मोतीराम ओलीले भने, ‘भर्खर भर्खर यो गुफा चर्चामा आउन थालेको हो । रेडियो, टिभी र पत्रपत्रीकामा गुफाको बारेमा केहि कुरा आए झनै प्रचार हुने थियो ।’ यस गुफा रहेको मुलकोट गाउँ पनि निकै मनमोहक छ । शितल वातावरण, कहिलै नसुक्ने पानीका मुल, माहुरी पालन तथा बाख्रा पालन र तरकारि खेतीका लागी उपयुक्त मानिने यस क्षेत्र घुमन जाने जोकोही पनि गाउँले वातावरणको मजा लिन सक्छन् ।

मुलकोटको लेकबाट दाङको दक्षिण तर्फ हेर्दा तुल्सीपुर, घोरनेटी, पर्सेनी, विजौरी, हलवार, खाद्रे वनरी र अन्य समथर मैदान देख्न सकिने स्थानीय शुकमाया पुनले बताइन् । यहि भएर हिजो आज दैनिक ३५ देखि ४० वटा सम्म मोटरसाइल मुलकोट क्षेत्रमा आउने गरेको उनले बताइन् । पर्यटन विकासको अत्यन्तै सम्भावना बोकेको चमेरे गुफाको उचीत व्यवस्थापन र प्रचारप्रसार हुन सक्ने हो भने विदेशी पर्यटकहरुको पनि मुख्य आकर्षणको केन्द्र बन्ने देखिन्छ ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट