१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नवजागृत कपः स्याङजा र नवलपरासी फाइनलमा भिड्दै

२५ माघ २०७२, सोमबार ०७:०९

सन्तोष थापा बाट/ माघ २५, पर्वत । पर्वतको डिमुवामा सञ्चालित पश्चिमाञ्चल स्तरीय भलिबल प्रतियोगितामा स्याङजा र नवलपरासीको समुह फाइनलमा प्रबेश गरेका छन् । खेलमा भाग लिएका १० जिल्लाको समुह मध्ये यी दुई समुह फाइनलमा प्रबेश गरेका हुन् ।

त्यस्तै अर्को तनहुँ र म्याग्दी जिल्ला तेश्रो पुरस्कारका लागि आजै भिड्दै छन् । आइतबार तनहुँ र नवलपरासी बीच भएको सेमिफाइनल खेलमा तनहुँलाई ३–१ ले हराउँदै नवलपरासी फाइनलमा प्रबेश गरेको हो । निकै प्रतिस्पर्धाका बीच भएको भलिबल खेलमा नवलपरासीले पहिलो सेटमा २७–२५को अन्तरले तनहुँलाई पराजित गराएको थियो भने दोश्रो सेटको खेलमा तनहुँले २६–२४ को अन्तरले जीत हात पारेको थियो त्यस पछिका लगायतका दुई सेट नवलपरासीले १५–१२ र २५–१७ को अन्तरले जीत हासिल गर्दै फाइनलमा प्रबेश गरेको थियो । यस अघि भएको कास्की र तनहुँ बीच भएको खेलमा तनहुँले कास्कीलाई सोझो सेटमा पराजित गर्दै सेमी फाइनलमा प्रबेश गरेको थियो ।

प्रतियोगितामा सहभागी १० जिल्लाका खेल समुह मध्ये बागलुङ, रुपन्देही, मुस्ताङ, पर्वत, गुल्मी, कास्की रित्तो हात बाहिरिएका छन् । खेल सँगै आयोजकले दर्शकहरुबाट प्रबेश शुल्क वापत करिव २ लाख रुपैँया संकलन गरिसकेको छ ।

नवजागृत उच्च मावि तिलाहारको आयोजनामा सञ्चालन भएको उक्त खेलको प्रथम पुरस्कार १ लाख ५० हजार, द्धितीय पुरस्कार १ लाख, तृतीय पुरस्कार ५० हजार र सान्त्वना पुरस्कार १५ हजार रहेको खेल संयोजक अरुण श्रेष्ठले जानकारी दिए । ।

भलिबल प्रतियोगिता सँगै विभिन्न राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति राखि दर्शकदिर्घमा मनोरञ्जन प्रदान गरेका थिए । आइतबार राष्ट्रिय कलाकार कुलेन्द्र विक,मञ्जु पौडेल, सज्जन बोहोरा, सुदिर वि.सी लगायतले आफ्नो प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का