Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जीपको ठक्करबाट चितलको मृत्यु

By kit 2 मिनेट पढाइ

फागुन ४, कञ्चनपुर | पूर्वपश्चिम राजमार्गको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गर्जमुनि नजिक जीपको ठक्करबाट आज बिहान वयस्क पोथी चितलको मृत्यु भएको छ ।

कैलालीको अत्तरियाबाट भीमदत्तनगरतर्फ जाँदै गरेको को१च २६९४ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा चितलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

चितललाई ठक्कर दिएर मार्ने जीप चालक कैलाली गौरी गङ्गा नगरपालिका–६ का २१ वर्षीय रामदिन चौधरीलाई जीपसहित नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

जीप, चालक र मरेको चितललाई निकुञ्जको अर्जुनीस्थित कार्यालयमा बुझाइएको छ ।