2026-09-14 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा एक महिलाले गरिन् आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता

फागुन ४, डोटी | जिल्लाको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका डिल्लीराज फुलाराविरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छिन् । 

आफ्ना श्रीमान्ले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उहाँले प्रहरी कार्यालयमा फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्ले जबरजस्ती करणी गर्न खोजेको भन्दै निजकी श्रीमतीले मुद्दा दर्ता गराउनु भएको छ, हामीले श्रीमान्लाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अन्य अनुसन्धान शुरु गरिरहेका छौँ ।” 

आफ्नै श्रीमान्ले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले मुद्दा दर्ता गराएको यो पहिलो घटना हो । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक बमका अनुसार श्रीमतीले दिनुभएको निवेदनअनुसार कसुर प्रमाणित भए श्रीमान् डिल्लीराजलाई दुई वर्ष ६ महीना जेल सजाय हुनसक्ने नियम रहेको जानकारी दिनुभयो । 

डिल्लीराज र कल्पनाबीच विवाह भएको करीब आठ÷नौ वर्षभएको र उनीबाट दुई वटा सन्तान समेत जन्मिसकेको प्रहरीले जनाएको छ । विवाह भएको यतिलामो समयपछि किन श्रीमतीले श्रीमान्विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिन यो भने निकै रहस्यमय रुपमा हेरिएको स्थानीयवासी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले