२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडक्रस सुर्खेतको साधारणसभा सम्पन्न

४ फाल्गुन २०७५, शनिबार १३:१८

इन्द्र बुढाथोकी । फाल्गुन ४, सुर्खेत । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको ३८ औं वार्षिक साधारण सभा पुर्बी सिम्ता गाउपालिकाको जामुनेबजारमा सम्पन्न भएको छ । साधारणसभा प्रतिनिधि सभा सदस्य सुर्खेत क्षेत्र न १ का ध्रुव कुमार शाहिले उद्घाटन गर्नु भएको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै सासद साहिले रेडक्रसले सुर्खेतमा जहिलेले नि आपत विपत परेकालाइ सहयोग गर्दै आएको र आपत बिपत परेर गरिबी बेरोजगारी र मानबिय क्षेती हुना लागेको बेला रेडक्रस आएर मानवीय सेवा गरेको गरेर राहत उपलब्ध गराएर जनताको सेवा गरेको बताउनु भएको छ । त्यसगरी सधै जनताको पक्षमा लागि रहन पनि सुझाव दिनु भएको छ । साथै अबको ३ वर्षमा सुर्खेतका सम्पुर्ण जनताले बिजुली बति बाल्न पाउने र त्यसबाट सुर्खेतको गरिबी घटने अपेक्षा गरिएको सासद शाहिले बताउनु भएको छ । सरकारले हामी जनताले अपेक्षा गरे अनुसार जति काम हुनु पर्थ्यो त्यो हुन नसकेको पनि बताएका छन । 

बिकासको लागि स्थानीय हामी  जनप्रतिनिधि मिलेर जानुको विकल्प नभएको बताएका छन जनताको सेवा गर्ने कुरामा हामी सधै मिलेर जनुपर्छ अनि मात्र जनताको समस्या समाधान गरेर देश विकास गर्ने सकिने बताएका छन । अतिथि सिम्ता गापाका अध्यक्ष कबिन्द्र कुमार केसि , बाराताल गाउपालिका अध्यक्ष तेज ब ओलि, लेकबेशी नपा उप प्रमुख शान्ती कुमारी छन्तेल, सिम्ता गापा उपाध्यक्ष चन्द्रकला शाही नेकपाका नेता यन ब चन्द नेपाली काङ्ग्रेस जिल्ला उपासभापती टेक ब सिह लगाएतका अथितीहरुले रेडक्रसको काम प्रती धन्यवाद दिदै वार्षिक साधारणसभाको सफलताको शुभकामना दिएका छन । साधारणसभामा आर्थिक वर्ष २०७४/२०७५ वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन र २०७६/०७७ को  प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरिएको छ ।  २०७६/०७७ को लागि जम्मा ७७ लाख १८ हजार प्रस्तावित बजेट नेपाल रेडक्रस सोसाइटी जिल्ला सुर्खेतका कोषाध्यक्ष चेतन कुमार सुवेदीले पेश गर्नु भएको छ । कार्यक्रम सिम्तागाउपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी उप शाखा राकमले आयोजना गरेका थिए भने कार्यक्रमको सभा अध्यक्षता जिल्ला सभापति  रामलाल आचार्यले गर्नु भएको थियो भने सन्चालन टेक ब सिह र स्वागत मन्तव्य यामलाल गिरिले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो