१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रातो गुराँ सामुदायिक बन उपभोक्तालाई ३ लाख १५ हजार आर्थिक सहयोग

२६ माघ २०७२, मंगलवार १२:३३

माघ २६ पर्वत । मुडिकुवा गाविसमा रहेका रातो गुराँ सामुदायिक बन उपभोक्तालाई इन्प्रेड नेपालले ३ लाख १५ हजार आर्थिक सहयोग गरेको छ ।

सामुदायिक बनमा रहेको विपन्न बर्गहरुको जिविकोपार्जनको सुधारका बहुसरोकारवाला बन कार्यक्रम अन्तरगत लि–वर्डको आर्थिक सहयोगमा उक्त रकम मंगलबार वितरण गरिएको हो । सामुदायिक बनमा रहेका २१ जना विपन्न बर्गमा रहेका लागि १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिएको इन्प्रेड नेपालका फिल्ड सुपरभाइजर मेघा शाहील े जनाकारी दिइन् । मंगलबार एक औपचारिक कार्यक्रमनै गरि उक्त रकम वितरण गरिएको हो ।

इन्प्रेड नेपालका कार्यक्रम अधिकृत खुमप्रसाद सुवेदीको प्रमुख आथित्यतामा संचालन भएको कार्यक्रममा सुवेदीले जिविकोपार्जनको सुधार योजना, निर्माण र निर्मााण भएका योजना कार्यन्यवनका प्रक्रिया र कार्यक्रमको लक्ष्य र उद्धेश्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेका मुडिकु्वाका तारानाथ सापकोटा, एमालेका नारायण शर्मा सापकोटा, एमाओवादीका हरि शर्मा सापकोटा, कृषि बन तथा वातवरण समितिका उपाध्यक्ष विन्दु रम्तेल, लगाएतले बोलेका थिए ।

लालिगुराँस सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष रुद्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत् सामुदायिक बनका सदस्य केशब सापकोटाले गरेका थिए भने कार्यक्रमको संचालन नरनाथ सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का