२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सडक विस्तारले निम्त्याएको आश, ढुंगा खस्ने डरले गाउँको उठीबास

२०७५, ५ फाल्गुन आईतवार ११:०६

दलसिंह गिरी | फागुन ५, कालिकोट | ढुंगा खस्ने डरले पुरै गाउँ त्रसित बनेको छ । ग्रामिण सडक विस्तारको शिलशिलामा डोजर मार्फत सडक विस्तार गर्नेक्रममा पखेरामा रहेको ढुंगाको फेदबाटै सडक खन्दा ढुंगाले आफ्नो स्थान छाड्न थालेपछि गाउमा आउने डरले पुरै गाउँ त्रसित बनेको हो । 

ढुंगा खस्ने डरले सान्नीत्रिबेणाी गाउँपालिका वडा नं. १ र २ रहेको सेरिज्यूलागाउँको उठीबास भएको छ । सडक निर्माण संगै ३ दिन देखि लगातार आएको अविरल बर्षाका कारण ढुंगामनीको माटो भासिन थालेपछि ढुंगाले आफ्नो स्थान छाड्न थालेको छ । 

ढुंगाका खस्ने डरका कारण गाउँ नै जोखिममा रहेको खबर पछि शनिबार प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्की, जिल्ला प्रहरी कार्यालय प्रमुख बिनोद शर्मा, गाउपालिका प्रमुख डम्बर शाही र उपप्रमुख होइजा बुढा (गिरी) सहितको टोलीले यसको यथार्थता अवलोकन गरी सुरक्षित रहन स्थानीयलाई आग्रह समेत गरेका छन् । 


पखेराबाट आफ्नो स्थान छाडेको ढुंगा अत्यधिक ठुलो भएको र यो खस्ने सम्भावना प्रवल रहेकाले तत्काल बिस्फोट गरी टुक्राउन गृहमन्त्रालयलाई आवश्यक प्रविधि सहितको ब्यवस्थापनका लागि निवेदन गरिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताएका छन् । 

हाल उक्त ढुंगा गाउँमा पस्ने त्रासका कारण, बटाला बस्ती दलित बस्ती र गिरी बस्ती गरी करिव २ सय घर धुरीका परिवारहरु आफ्नो घर छाडी सुरक्षित स्थानमा रात विताउन बाध्य भएका छन् । 

हुम्ला कर्णाली करिडोरको रेगिल सडक खण्डबाट सान्नीत्रिबेणी गाउपालिकामा विस्तार गरिने ग्रामिण सडक आयोजना अन्तरगत हाल डोजर मार्फत वडा नं. २ मा सडक विस्तार भैरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने