२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सामाजिक सुरक्षा भत्ता अब बैक खाताबाटै

५ फाल्गुन २०७५, आईतवार १६:५६

दलसिंह गिरी | फागुन ५, कालिकोट | जिल्ला सदरमुकाम मान्म खाडाचक्रबाट पश्चिम उत्तरतर्फ पर्ने रास्कोट नगरपालिकाले अब सामाजिक सुरक्षा भत्ता सिधै बैंक खाता मार्फत बितरण गर्ने भएको छ । विगतका बर्षहरुमा सामाजिक सुरक्षाभत्ता वितरणको नाममा दुरुपयोग हुने गरेको भन्ने जनगुनासोलाई ध्यानमा राखी नगरपालिकाले अब लक्षित बर्गको बैक खाता मार्फत वितरण गर्न लागेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियाबारे नगरपालिकाले हालै गरेको निर्णय अनुसार रास्कोटमा रहेको ग्लोबलआइएमी बैक मार्फत लक्षित बर्गको खातामा वितरण गर्न लागिएको नगरपालिकाका लेखा अधिकृत ज्ञानबहादुर वलीले बताका छन् । नेपाल सरकारले कर्णालीमा दिदै आएको बालबालिका, जेष्ठनागरिक, एकल महिला, अपांग लगायतका बर्गलाई दिदै आएको सामाजिक सुरक्षा भत्ता पार्दर्शीरुपमा वितरण गर्न नगरपालिकाको वडा नं १ देखि ९ सम्मका सबै लक्षित बर्गलाई रास्कोटमा रहेको ग्लोवलआईएमी बैंकमा खाताखोल्न लगाईसकिएको लेखा अधिकृत वलीले बताए ।


यस्तै सामाजिक सुरक्षा भत्ता सम्बन्धीत सेवाग्राहीको बैँक खातावाट भुक्तानी गर्ने ब्यवस्थाले नगरपालिकाको लेखापरिक्षणमा हुने बोझलाई पनि घटाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण अधिकारीले बताएका छन् ।

यता नगरपालिकाले बैकखाता मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभियान सुरु गरे संगै राज्यले तोके बमोजिम सामाजिक सुरक्षा भत्ता समयमै सम्बन्धित ब्यक्तिको हातमा नपाईने समस्या अब पूर्ण रुपमा अन्त्य हुन्छकी भन्ने आशा पलाएको भन्दै रास्कोट नगरपालिका ३ का जेष्ट नागरिक पदमनाथ योगीले खुशी ब्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य