२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

माझी समुदायका विधार्थीलाई पक्की भवन

६ फाल्गुन २०७५, सोमबार ०८:१९

चिसाङ शेर्पा | फागुन ६, खोटाङ | यसअघि दुइ कोठे तीन वटा, एक कोठे एक वटा भवन थियो । यसो बारबेर गरेर कक्षा सञ्चालन गरिरहेका थियौ । अध्ययन÷अध्यापन गराउन कठिनाइ थियो । बतासेस्थित भण्डारेघाटको माझी समुदायको बाहुल्यता रहेको पंचकौशिका आधारभूत विद्धालयका प्रधानाध्यापक पवन कुमार वस्नेतले भन्नुभयो “अब भने त्यो समस्या हटेर गयो, विधार्थी शिक्षकमा खुशियाली छायो ।” तत्कालिन जिल्ला शिक्षा कार्यालय खोटाङको ३६ लाख बजेटबाट निर्माण सम्पन्न भबन उद्घाटन भएपछि प्रअ वस्नेतले विगत र वर्तमान सुनाए ।


दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको भण्डारेघाटमा अवस्थित विद्धालयको २७ औं वार्षिक उत्सवको अवसरमा आइतबार बिद्धालयमा निर्माण सम्पन्न चारकोठे पक्की भवन उद्घाटन गरिएको छ । गत जेठबाट निर्माण थालिएको भवन माघ अन्तिममा निर्माण सम्पन्न भएको थियो । नेपालको हकमा अल्पसंख्यक तर, बहुसंख्यक रुपमा माझी समुदायका विधार्थीहरु अध्ययनरत विद्धालयको पक्की भवन गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्धघाटन गरेका छन् । लिच्कीराम्चे, बतासे र उदयपुर जिल्लाका अधिकांस विधार्थी अध्ययन गर्ने आधारभूत विद्धालयलाई नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकार र स्थानीय सरकार शासन संचालन सम्बन्धि ऐन २०७४ ले दिएको अधिकार पालना गर्दै यसै आर्थिक वर्षमा माध्यमिक विद्यालय संचालन गर्ने गाउँपालिका अध्यक्ष राईले प्रतिवद्धता जाहेर गरेका छन् ।

विद्धालय भबन अभावमा अध्ययन गरिरहेका विधार्थीहरुलाई भनेजस्तो शिक्षा दिन सकिएको थिएन । मावि तहको लागि पढ्न अन्यत्र जानुपर्ने अवस्था छ । कि पढाइ नै छोड्नुपर्छ । त्यही कारण मावि तहको पढाइ गराउनेमा गाउँपालिका गम्भिर भएर लागि परेको छ । गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, ‘पढ्न मन लागे पढ्ने, नभए सुनकोसी नदीमा जाल, पासो थापेर माछा मार्ने र डुंगा चलाउने पुख्यौली पेसा गर्नुपर्ने बाध्यता छ÷थियो । त्यही भएर अव सोही विद्धालयमा मावि तह पढ्न पाउनेमा माझी समुदायका विधार्थी र अभिभावकलाई ढुक्क बनाउन चाहान्छौ ।’

दिप्रुङ चुइचुम्मा गाउँपालिकासंगै खोटेहाङ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिका लगायतका १ सय १५ जना पिछडिएका बर्गका बालबालीका मध्ये ८६ जना माझी समुदायका विधार्थी सो बिद्धालयमा अध्ययनरत छन् । गाउँपालिकाभित्रका हरेक वडाका एक एक विद्यालयलाई नमुना बनाउने गाउँपालिकाको नीति अनुसार आर्थिक वर्ष २०७४÷०७५ को बजेटबाट उक्त विद्यालयलाई गाउँपालिकाले गएको भदौ २३ गते दश थान कम्प्युटर प्रदान गरेर कम्प्युटर कक्षा लिने अवसर दिएपछि अहिले माझी समुदायका बालबालिका कम्यूटर शिक्षा सिक्नमा व्यस्त छन् । यस्तै, सोही भेगको भण्डारेघाटमा स्वास्थ्य इकाई राख्ने गत माघ १३ गते गाउँ कार्यापालिकाको भेलाले निर्णय गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य