२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

माझी समुदायका विधार्थीलाई पक्की भवन

२०७५, ६ फाल्गुन सोमबार ०८:१९

चिसाङ शेर्पा | फागुन ६, खोटाङ | यसअघि दुइ कोठे तीन वटा, एक कोठे एक वटा भवन थियो । यसो बारबेर गरेर कक्षा सञ्चालन गरिरहेका थियौ । अध्ययन÷अध्यापन गराउन कठिनाइ थियो । बतासेस्थित भण्डारेघाटको माझी समुदायको बाहुल्यता रहेको पंचकौशिका आधारभूत विद्धालयका प्रधानाध्यापक पवन कुमार वस्नेतले भन्नुभयो “अब भने त्यो समस्या हटेर गयो, विधार्थी शिक्षकमा खुशियाली छायो ।” तत्कालिन जिल्ला शिक्षा कार्यालय खोटाङको ३६ लाख बजेटबाट निर्माण सम्पन्न भबन उद्घाटन भएपछि प्रअ वस्नेतले विगत र वर्तमान सुनाए ।


दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको भण्डारेघाटमा अवस्थित विद्धालयको २७ औं वार्षिक उत्सवको अवसरमा आइतबार बिद्धालयमा निर्माण सम्पन्न चारकोठे पक्की भवन उद्घाटन गरिएको छ । गत जेठबाट निर्माण थालिएको भवन माघ अन्तिममा निर्माण सम्पन्न भएको थियो । नेपालको हकमा अल्पसंख्यक तर, बहुसंख्यक रुपमा माझी समुदायका विधार्थीहरु अध्ययनरत विद्धालयको पक्की भवन गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्धघाटन गरेका छन् । लिच्कीराम्चे, बतासे र उदयपुर जिल्लाका अधिकांस विधार्थी अध्ययन गर्ने आधारभूत विद्धालयलाई नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकार र स्थानीय सरकार शासन संचालन सम्बन्धि ऐन २०७४ ले दिएको अधिकार पालना गर्दै यसै आर्थिक वर्षमा माध्यमिक विद्यालय संचालन गर्ने गाउँपालिका अध्यक्ष राईले प्रतिवद्धता जाहेर गरेका छन् ।

विद्धालय भबन अभावमा अध्ययन गरिरहेका विधार्थीहरुलाई भनेजस्तो शिक्षा दिन सकिएको थिएन । मावि तहको लागि पढ्न अन्यत्र जानुपर्ने अवस्था छ । कि पढाइ नै छोड्नुपर्छ । त्यही कारण मावि तहको पढाइ गराउनेमा गाउँपालिका गम्भिर भएर लागि परेको छ । गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, ‘पढ्न मन लागे पढ्ने, नभए सुनकोसी नदीमा जाल, पासो थापेर माछा मार्ने र डुंगा चलाउने पुख्यौली पेसा गर्नुपर्ने बाध्यता छ÷थियो । त्यही भएर अव सोही विद्धालयमा मावि तह पढ्न पाउनेमा माझी समुदायका विधार्थी र अभिभावकलाई ढुक्क बनाउन चाहान्छौ ।’

दिप्रुङ चुइचुम्मा गाउँपालिकासंगै खोटेहाङ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिका लगायतका १ सय १५ जना पिछडिएका बर्गका बालबालीका मध्ये ८६ जना माझी समुदायका विधार्थी सो बिद्धालयमा अध्ययनरत छन् । गाउँपालिकाभित्रका हरेक वडाका एक एक विद्यालयलाई नमुना बनाउने गाउँपालिकाको नीति अनुसार आर्थिक वर्ष २०७४÷०७५ को बजेटबाट उक्त विद्यालयलाई गाउँपालिकाले गएको भदौ २३ गते दश थान कम्प्युटर प्रदान गरेर कम्प्युटर कक्षा लिने अवसर दिएपछि अहिले माझी समुदायका बालबालिका कम्यूटर शिक्षा सिक्नमा व्यस्त छन् । यस्तै, सोही भेगको भण्डारेघाटमा स्वास्थ्य इकाई राख्ने गत माघ १३ गते गाउँ कार्यापालिकाको भेलाले निर्णय गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित