2026-09-13 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त

फागुन ७, बर्दिवास | महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयबासी बताउँछन । हिजो आज चौपाया छाडा छोड्ने चलन बजार क्षेत्रमा निकै बढेको छ । 

चौपायामध्ये सडकमा धेरैजसो गाई देखिने गरेका छन् । दुई÷तीन गाईसँगै बाछाबाछी र गाई पछ्याउने साँढेले सडक ढाकेर हिँड्दा यात्रुलाई बाटो काट्न र सडक ट्राफिक व्यवस्थापनमा समस्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

जिल्लाका मुख्य बजारमध्ये बर्दिवास, गौशाला र जलेश्वरमा छाडा पशुवस्तुको जगजगी बढी छ । बर्दिवासमा त गत दशैँताका गाई पछ्याउँदै हिँडेको साँढेले एकैदिन १० जनालाई हानेर लडाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणसहित ठूलो जनशक्ति लगाएर नियन्त्रण गर्नुपरेको थियो । 

दूध दिउञ्जेल गाई घरमा बाँध्ने र थाकेपछि बाछाबाछीसहित खुला छाडिदिने प्रचलनले समस्या बढाएको हो । सडक र बजारक्षेत्रमा छाडा बजार र सडकमा छाडा छोडिएका चौपाय व्यवस्थापनमा सम्बन्धित व्यक्ति आफैँले सचेतता देखाउनु राम्रो विकल्प हुने बर्दिवास–२ का वडाध्यक्ष अभिराम प्याकुरेल बताउनुहुन्छ । 

बालीनाली नोक्सान गर्ने र बजार एवं सडक क्षेत्रमा छाडा छाडिएका चौपाया नियन्त्रणमा लिएर काञ्जीहाउसमा राख्ने र त्यसको क्षतिपूर्ति सम्बन्धित पशुधनीबाट गराउने व्यवस्था स्थानीय तह (वडासमिति) ले मिलाउनु पर्ने भए पनि जिल्लाका १५ मध्ये कुनै स्थानीय तहले यो व्यवस्था गरेका छैनन् । 

जिल्ला सदरमुकाम जलेश्वरमा गाई÷बाछाबाछी र गाई पछ्याउने साँढेबाहेक सुँगुर पनि छाडा छाड्ने गरिएको पाइन्छ । यसरी छाडा छाडिएका सुँगुरले त घरको भान्सा कोठासमेत पसेर नोक्सान पार्ने गरेको जलेश्वर–१ की श्यामकला चौधरी बताउनुहुन्छ । 

अहिलेसम्म कानूनी कारवाही अघि बनढाउँदा चौपाया छाडा छाड्ने क्रम झन बढ्दै गएको स्थानीय कानून व्यवसायी उद्धव क्षेत्री बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले