२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा अल्लो प्रशोधन यन्त्र स्थापना गरिने

२०७५, ७ फाल्गुन मंगलवार ०९:४१

नरबहादुर रिजाल । फागुन ७, दैलेख । परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा अल्लोको सङ्कलन तथा प्रशोधनको काम हुँदै आएकामा अब अल्लो प्रशोधन मेशिन स्थापनाको तयारी गरिएको छ । 

स्थानीय उद्यमी परे खड्काले नौमूलेमा स्थानीय सरकारको लगानीमा अल्लो प्रशोधन गर्ने मेशिन ल्याएउनु भएको छ । आधुनिक मेशिनले रेसा, धागो, भुवा, छुट्टाछुट्टै निकाल्ने भएकाले स्थानीयस्तरको कच्चा पदार्थबाट उद्यमीले बढी आम्दानी लिन सकिने खड्काले बताउनुभयो । उहाँका अनुसार एक महीनाभित्र मेशिन सञ्चालनमा आउनेछ । 

जिलामा अल्लो व्यवसाय गर्ने साना उद्यमीको सङ्ख्या करीब ४५० रहेको छ । यीमध्ये करीब ३०० उद्यमी नौमूले गाउँपालिकामा रहेको बताइएको छ । उच्च भूभाग गरीबी धेरै भएका कारण यहाँका बासिन्दा जङ्गलमा खेर गएको अल्लो घरमा ल्याउने, परम्परागत शैलीमा प्रशोधन गर्ने र सस्तो मूल्यमा अल्लोको धागो बिक्री गर्ने बाध्यतामा छन् । स्थानीय सरकार र राज्यले अल्लो प्रशोधनका लागि अहिलेसम्म लगानी गर्न नसकेको स्थानीय उद्यमीले गुनासो गरेका छन् । 

प्रन्ध वर्षदेखि अल्लो काट्ने, चुट्ने, सुकाउने अनि अल्लोको धागो निर्माण गर्दै आएकी नौमूलेकी ६५ वर्षीया बमकला योगी यसको आम्दानीले दुई छाक हातमुख जोर्न धौधौ भएको बताउनुहुन्छ । जङ्गलमा गाईभैँसी चराउन जाँदासमेत बमकला जस्ता अधिकांश महिला र पुरुषले अल्लोको धागो बुन्ने काम गर्दछन् । 

स्थानीय हरिमाया मगरले अल्लोको धागो निर्माण गरेर महीनामा रु चार हजारसम्म कमाउने गरेको बताउनुहुन्छ । पचपन्न वर्षीया हरिमाया गाउँघरमा गर्ने अन्य काम नभएकाले यसैलाई दुई÷चार पैसा आम्दानीको बाटो बनाएको भयो । धागो बनाउने मेशिन भएका परिवारले घरमै धागो काट्न थालेपछि अहिले अल्लो धेरैजनाको आम्दानीको स्रोत बनेको छ । 

अल्लो प्रशस्त हुने नौमूले गाउँपालिकाका यस्ता ठाउँमा यसको सदुपयोग निकै कम मात्रामा हुने गरेको छ । गरीबी छेक्नलाई मात्र अहिले अल्लो धागो बुन्ने गरिएको बमकलाले बताउनुभयो । आधुनिक प्रशोधन भए गाउँमै राम्रो आम्दानी हुने योगीको भनाइ छ । 

गरीबी धेरै भएका दुर्गम बस्तीका बासिन्दाको लागि धागो बिक्री गरेर थोरै भए पनि आम्दानी हुने र नून तेल खरीद गर्नुपर्ने बाध्यता अहिले पनि कायमै छ । अल्लोको धागो प्रतिकेजी ५०० मा घरबाटै बिक्री हुने गर्दछ । अल्लोबाट, पाखी, कोटलगायतका विभिन्न सामग्री निर्माण हुने र महँगोमा बिक्री हुने गर्दछ । दैलेखका द्धारी, कालिका, बालुवाटार, भवानी, तोलीलगायतका जङ्गलमा हरेक वर्ष उम्रने अनि प्रयोगमा नआएर जङ्गलमै अल्लो सड्ने गर्दछ । 

प्राकृतिक स्रोतको रुपमा स्थानीयस्तरमा उपलब्ध अल्लो प्रशोधन कार्यलाई राज्यले व्यावसायिक रुपमा विकास गर्नसके बाहिरबाट लत्ताकपडा किन्न नपर्ने र गाउँमै रोजगारीको अवसर सिर्जना हुने जिल्ला लघु उद्यमी सङ्घका अध्यक्ष एवं दैलेख उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कविराज खत्रीले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले सामान्य आम्दानीका लागि केवल धागो मात्र बनाउने काम उद्यमीले गरेका छन् । यसबाट मनग्य आम्दानी नभए पनि गरीबी न्यूनीकरणमा केही योगदान पुगेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता