नेपाली काँग्रेसको जिल्ला अधिवेशनबाट खिमप्रसाद भुषाल सभापतिमा निर्वाचित

Posted on: 17 Feb, 2016

फागुन ५, पर्वत । नेपाली काँग्रेसको जिल्ला अधिवेशनबाट खिमप्रसाद भुषाल सभापतिमा निर्वाचित भएका छन् ।बुधबार भएको पुन निर्वाचनबाट खिमप्रसाद भुषाल ३ सय ४४ मतप्राप्त गरी विजय भएका हुन् भने उनको प्रतिद्वन्द्वी खगेन्द्र तिवारीले २ सय सात मत ल्याएका थिए । भुषालले १ सय १७ मतले तिवारीलाई पछि पार्दै विजय हासिल गरेका थिए । सोमबार भएको निर्वाचनमा तीनजना सभापतिमा उठेका उम्मेदवार मध्ये कुनैपनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार पुन निर्वाचन गर्ने भनिएता पनि बुधबारमात्रै उक्त निर्वाचन भएको हो । यसअघिको निर्वाचनमा सभापतिका उम्मेदवार बशन्तबहादुर सिकेले ७१ मत पाएका थिए जसका कारण भुषाल र तिवारीविच बुधबार भोटिङ भएको हो ।यसैगरी सचिव पदमा तिवारी पक्षका विश्वप्रकाश प्रसाई र कोषाध्यक्ष पदमा भुसाल पक्षका यमबहादुर मल्ल बिजयी भएका छन्। प्रसाईले दुई सय ४१ र मल्लले दुई सय ३१ मत प्राप्त गरे। जिल्ला कार्य समिति सदस्यमा पर्वत-१ बाट खुल्लातर्फ कृष्णबहादुर केसी, दुर्गाबहादुर खत्री, लेखनाथ पौडेल, लेखबहादुर गुरुङ र शेरबहादुर आचार्य, दलिततर्फ निर्मल विश्वकर्मा, जनजातितर्फ कुलबहादुर पुन, अपाङ्गतर्फ कुलप्रसाद पाध्या बिजयी भए। त्यस्तै पर्वत-२ बाट खुल्लातर्फ अशोक ठकुरी, आनन्द भुसाल, तोयानाथ भुसाल, गोबिन्द पराजुली र युक्तप्रसाद श्रेष्ठ, दलिततर्फ हर्कबहादुर सुनार, जनजातितर्फ तिलकप्रसाद श्रेष्ठ र अपाङ्गतर्फ दयाराम गौडेल मंगलबारको निर्वाचनबाटने बिजयी भएका थिए । भने महिला सदस्यमा भने यसअघि नै क्षेत्र नम्बर १ मा सरस्वती शर्मा जिज्ञासु र अञ्जली शर्मा क्षेत्र नम्बर २ मा माया पाठक र कोपिला पौडेल निर्विरोध बिजयी भएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!