२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाली काँग्रेसको जिल्ला अधिवेशनबाट खिमप्रसाद भुषाल सभापतिमा निर्वाचित

२०७२, ५ फाल्गुन बुधबार १४:५७

फागुन ५, पर्वत । नेपाली काँग्रेसको जिल्ला अधिवेशनबाट खिमप्रसाद भुषाल सभापतिमा निर्वाचित भएका छन् ।बुधबार भएको पुन निर्वाचनबाट खिमप्रसाद भुषाल ३ सय ४४ मतप्राप्त गरी विजय भएका हुन् भने उनको प्रतिद्वन्द्वी खगेन्द्र तिवारीले २ सय सात मत ल्याएका थिए । भुषालले १ सय १७ मतले तिवारीलाई पछि पार्दै विजय हासिल गरेका थिए ।

सोमबार भएको निर्वाचनमा तीनजना सभापतिमा उठेका उम्मेदवार मध्ये कुनैपनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार पुन निर्वाचन गर्ने भनिएता पनि बुधबारमात्रै उक्त निर्वाचन भएको हो । यसअघिको निर्वाचनमा सभापतिका उम्मेदवार बशन्तबहादुर सिकेले ७१ मत पाएका थिए जसका कारण भुषाल र तिवारीविच बुधबार भोटिङ भएको हो ।यसैगरी सचिव पदमा तिवारी पक्षका विश्वप्रकाश प्रसाई र कोषाध्यक्ष पदमा भुसाल पक्षका यमबहादुर मल्ल बिजयी भएका छन्।

प्रसाईले दुई सय ४१ र मल्लले दुई सय ३१ मत प्राप्त गरे। जिल्ला कार्य समिति सदस्यमा पर्वत-१ बाट खुल्लातर्फ कृष्णबहादुर केसी, दुर्गाबहादुर खत्री, लेखनाथ पौडेल, लेखबहादुर गुरुङ र शेरबहादुर आचार्य, दलिततर्फ निर्मल विश्वकर्मा, जनजातितर्फ कुलबहादुर पुन, अपाङ्गतर्फ कुलप्रसाद पाध्या बिजयी भए।

त्यस्तै पर्वत-२ बाट खुल्लातर्फ अशोक ठकुरी, आनन्द भुसाल, तोयानाथ भुसाल, गोबिन्द पराजुली र युक्तप्रसाद श्रेष्ठ, दलिततर्फ हर्कबहादुर सुनार, जनजातितर्फ तिलकप्रसाद श्रेष्ठ र अपाङ्गतर्फ दयाराम गौडेल मंगलबारको निर्वाचनबाटने बिजयी भएका थिए । भने महिला सदस्यमा भने यसअघि नै क्षेत्र नम्बर १ मा सरस्वती शर्मा जिज्ञासु र अञ्जली शर्मा क्षेत्र नम्बर २ मा माया पाठक र कोपिला पौडेल निर्विरोध बिजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित