१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नवसहारा बचत तथा ऋण सहकारी संस्था कुश्मा पर्वतको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

९ फाल्गुन २०७२, आईतवार ०९:४३

फागुन ९, पर्वत । नवसहारा बचत तथा ऋण सहकारी संस्था कुश्मा पर्वतको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

‘उद्यमी प्रगतिशिल हात, संधै सहकारीको साथ’ भन्ने उदेश्यका साथ शुक्रवार उक्त साधारणसभा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा सहकारीका शेयर सदस्य तथा बचतकर्ताको सहभागिता रहेको थियो ।

सहभागिहरुले सहकारीलाई मजबुत र ब्यवस्थीत गराएर मुनाफा प्राप्त गर्ने र समुदायसँग सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताएका थिए । साधारणसभामा सहकारीका सल्लाहकार तथा सेयर सदस्य सन्तोष थापा, शेयर सदस्य यामनाथ सुवेदी लगायतका थुप्रै शेयर सदस्यहरुले धारणा ब्यक्त गरेका थिए । ३ वर्ष अगाडि स्थापना भएको उक्त सहकारीको कुल पुजी ६५ लाख तथा लगानी ६९ लाख ५८ हजार रहेको र शेयर सदस्यहरुलाई यसवर्ष १० प्रतिशत बोनस उपलब्ध गराइएको सहकारीका अध्यक्ष शंकर गिरीले बताए । यस सहकारीले आगामी ३ वर्ष भित्र १ करोड ५० लाखको पुजी रकम पु¥याउने लक्ष्य लिएको बताइएको छ ।

साथै समुदायको दायित्ववोध गरी समुदायमा भैरहेका आवश्यक गतिविधीमा सहभागि हुने, स्वस्थ्य प्रतिश्पर्धालाई अगाडि बढाउन अन्य सहकारी संस्थासँग समन्वय गर्दै सहकारीको सिद्धान्तको मुल भावनालाई स्वीकार गर्ने बताइएको छ । उक्त साधारण सभाको संचालन सहकारीका कर्मचारी प्रशया गिरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का