लोडसेडिङ विरुद्ध मोर्चा तयार

Posted on: 22 Feb, 2016

महेन्द्र केसी/ फागुन १०, पर्वत । विद्युत उत्पादन क्षेत्रका रुपमा रहेको पर्वतमा विद्युत प्राधिकरणले अन्य जिल्ला सरह लोडसेडिङ गरेको भन्दै स्थानीय युवाले लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्नको लागि संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन् । पटकपटक उद्योग बाणिज्य संघ पर्वत र जिल्ला प्रशासनमा संयुक्त रुपमा गरेको सहमति प्राधिकरणले कार्यान्वयन नगरेको भन्दै स्थानिय युवा मोर्चा नै तयारी गरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषाणा गरी सडकमा उत्रिएका हुन् ।

मिलन युवा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठको संयोजकत्वमा रहकेको संघर्ष समतिमा एकता युवा क्लवका अध्यक्ष अच्यूत तिवारीलाई सदस्य सचिव तोकिएको छ । त्यसैगरी संघर्षसमितिको सदस्यमा (क्रान्तिकारी) विद्यार्थी संगठनका अध्यक्ष शंकर गिरी, युवा संघ नेपालका अध्यक्ष विमल लामिछाने, मिलन सुवेदी र दिपक पौडेल(दामोदर) रहेका छन् । त्यसैगरी भेलाले ६ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ जसमा नारायण उमाविका प्रचार्य पृथ्वीनारायाण शर्मा, उवासंघका गोपी अधिकारी , केदारनाथ शर्मा, रेडक्रस सोसाइटीका सभापति रुद्र गिरी, व्याप्सन पर्वतका अध्यक्ष हिम बहादुर क्षेत्री र याम चापागाई रहेका छन् ।

सर्वपक्षिय भेलाले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा लेडिकेशन जाने र उवासंघ पर्वतसँग भएका सहमति र सम्झौता कार्यान्वयन गराउन दबाब दिने, फागुन १० गते अर्थात् आज वेलुका सम्ममा लोडसेडिङ न्यूनिकरण नभए भोली अर्थात् फागुन ११ गते विशाल जुलुस सहित प्राधिकरण घेराऊ गर्ने निर्यण गरेको छ भने त्यसपछिका कार्यक्रम भने बैठक बसी तय गर्ने बताइएको छ । पर्वतमा भएका जलविद्य्ुत आयोजनाबाट कुल ४९ मेघावाट विद्युत उत्पादन हुन्छ तर हिउँदको समयमा भने कम उत्पादन हुने गरेका छन् । जिल्लामामा ए मोदीखोला जलविद्युत आयोजना १४ मेघावाट, कास्की नयाँपुलमा रहेका मोदीबाट ४ मेघावाट, ९.९ तल्लो मोदी खोला जलविद्युत आयोजना, १ मेघावाट पातिखोलामा रहेको छन् भने अन्य निर्माणधिन अबस्थामा छन् ।

विद्यूत आयात भएपनि लोडसेडिङ घटेन विद्युत प्राधिकरणले भारतबाट विद्युत आयात भएपछि जिल्लाको लोडसेडिङ आधाले घट्ने बताएता पनि त्यो भने हुन सकेको छैन । भारतबाट केहि दिन अगाडी मात्रै ८० मेघावाट विद्युत नेपालमा आयात भएको छ । विद्युत आयात भएपछि नेपालभरी दूई घण्टाले लोडसेडिङ घट्ने बताइएता पनि त्यो भने हुन सकेको छैन जसका कारण पनि जिल्लाको लोडसेडिङ कम हुन नसकेपछि स्थानीय युवाले संघर्ष समिति गठन गरी आन्दोलनमा होमिएका हुन् । parbat

यस बिषयमा तपाइको प्रतिक्रिया...!