Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कालिका मन्दिरमा विवाहमा कडाइ

२०७५, ८ फाल्गुन बुधबार ०७:१५

फागुन ८, बलेवा । प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा विवाहका लागि जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् कानूनले तोकेभन्दा कम उमेरका युवाका लागि यहाँ विवाह गर्ने ठाउँ छैन । नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएपछि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले पनि कानूनले तोकेभन्दा कम उमेरकालाई विवाहका लागि मन्दिरमा नआउन आग्रह गरेको हो । 

कानूनको उल्लङ्घन हुने गरी मन्दिरमा विवाह गर्दा जुनसुकै सङ्कट आइलाग्न सक्ने भन्दै गुठीले मन्दिरमा नआउन आग्रह गरेको हो । “उमेर नपुगी विवाह गर्नेहरुलाई मन्दिरमा आएर विवाह नगर्दिनुस् भनेका छौँ’ गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले भन्नुभयोे, “राज्यले बनाएको कानून परिपालना गराउनु र पालन गर्नु हाम्रो दायित्व हो ।” 

गुठीले कानूनले तोकेअनुसारको केटा र केटीको उमेरको फरक पनि २० वर्षभन्दा बढी भएमा विवाहका लागि मन्दिरमा नआउन आग्रह गरेको छ । गुठीले पछिल्लो समय केटाकेटी मात्रै मन्दिरमा आएर विवाह गर्ने गरेकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । 

“केटाकेटी मात्रै मन्दिरमा आएर विवाह गर्दा कस्तो अवस्थामा आएका हुन् भन्ने थाहै हुँदैन”, खड्काले भन्नुभयोे, “कहिलेकाहीँ जबरजस्ती विवाह पनि भएको हुनसक्छ, त्यसका कारण पछि पर्ने समस्याका बारेमा हामी सचेत हुनैपर्छ ।” 

उहाँले अभिभावक वा कोही आफन्त र साथीभाइ लिएर मात्रै विवाहका लागि मन्दिरमा आउन आग्रह गरिएको बताउनुभयो । “हामीले आग्रह मात्रै गरेका छौँ, मन्दिरमा सूचना टाँस पनि गरेका छौँ, नमान्नेलाई कारवाही गर्ने अधिकार त हामीसँग छैन तर पवित्र स्थानमा पवित्र मन लिएर नै आउनुहुन्छ भन्ने आशा राखेका छौँ”, खड्काले भन्नुभयो । 

वर्षमा झण्डै ६०० विवाह हुने मन्दिरमा लगनको महीनामा दैनिक १८ देखि २५ सम्म विवाह हुने गरेका छन् । विवाह लगन नभएका महीनामा पनि मन्दिरमा विवाहका लागि आउने गरेको गुठीले जनाएको छ । एउटा विवाह सम्पन्न गर्दा रु ५०० शुल्क लिने गरेको गुठी व्यवस्थापन समितिले विवाह शुल्कबाट उठेको रकमले आवश्यक पूर्वाधार निर्माण गर्ने गरेको छ । 

मन्दिर परिसरमा विवाहका लागि मण्डपसमेत व्यवस्था गरिएको छ । सरकारले घोषणा गरेको पुग्नैपर्ने १०० गन्तव्यमध्ये स्थापित गन्तव्यमा समावेश भएको कालिका भगवती मन्दिरमा विवाह, व्रतबन्ध र अन्य पूजापाठका लागि समेत दैनिक भक्तालु आउने गरेका छन् । नवदुर्गा पूजाको समयमा यहाँ भक्तालुको भीड नै लाग्ने गरेको छ भने अन्य समयमा दैनिक सरदरमा ५०० देखि एक हजारसम्म भक्तालु आउने गरेको गुठीको सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ