2026-09-14 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मगर महोत्सव शुरु

फागुन ८, पर्वत, | लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । 

पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी गर्नुभएको छ । प्रदेशलाई समृद्ध बनाउन चालू आर्थिक वर्षमा घोषणा गरेका कार्यक्रमसमेत अगाडि बढिसकेको उल्लेख गर्दै उहाँले अबका पाँच वर्षभित्रमा गण्डकी प्रदेशमा विकासको लहर आउने बताउनुभयो । 

गण्डकी प्रदेशको मुख्य आधार भनेको पर्यटन व्यवसाय रहेकाले स्थानीय कला संस्कृति र परम्परागत पहिचानलाई कायम राख्न सरकार लागिपरेको जानकारी गराउनुभयो । कार्यक्रममा प्रतिनिधिसभाका अध्यक्ष पदम गिरीले सरकारले पाँच वर्षभित्रमा विकासको लहर ल्याउने गरी काम गरेकामा जोड दिँदै त्यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । 

महोत्सवमा करीब दुई लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा मगर समुदायमा प्रचलित सोरठी, यानिमाया, सुनिमाया, सालैजो गीत प्रतियोगिता, डान्स आइडल, भलिबल, बास्केटबललगायतका प्रतियोगिता आयोजना गरिएको छ भने विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसमेत रहेको छ । मङ्गलबारदेखि शुरु भएको महोत्सव यही फागुन १५ गतेसम्म सञ्चालन हुने छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ