फागुन ९, बर्दिया । गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ ।

सो बर्थिङ सेन्टर र मोहम्मदपुर स्वास्थ्यचौकीको बुधबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य तिलकराम शर्मा र गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । मोहम्मद पुर क्षेत्रमा योभन्दा पहिले प्रसूति केन्द्र नहुँदा नेपालगञ्ज वा गुलरियाको अस्पतालमा जानुपर्ने बाध्यता हटेको सदस्य शर्माले बताउनुभयो ।

कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख यादवले यस क्षेत्रमा भएको स्वास्थ्यचौकीलाई अझ प्रभावकारी बनाउन गुलरिया नगरपालिकाले भौतिक पूर्वाधार विस्तार गर्ने बताउनुभयो ।

मोहम्मदपुर स्वास्थ्यचौकी प्रमुख कुलबहादुर विष्टले प्रसूति केन्द्र स्थापना भएसँगै दक्ष जनशक्तिको अभावलाई समाधान गर्न प्रदेश सरकार र नगरपालिकालाई आग्रह गर्नुभयो ।

February 21, 2019
बर्दिया - BRD, समाज
बर्थिङ सेन्टर स्थापना
By kit
2 मिनेट पढाइ