Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पुल नबन्दा सास्ती

२०७५, १० फाल्गुन शुक्रबार ०७:०७

फागुन १०, म्याग्दी | कार्यालयको ढिलासुस्ती र निर्माण व्यवसायीको लापर्वाहीका कारण मङ्गला र मालिका गाउँपालिकाको सिमानास्थित दुखुखोलामा आठ वर्षअघि शुरु गरिएको पुल अहिलेसम्म बनेको छैन । 

बाइस मिटर लामो सो पुल निर्माणका लागि विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिले विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) अन्तर्गत बनाइएको पुलको नमूना रद्द गरेर २०७३ साउन ९ गते जिविस र प्राविधिक कार्यालयले पुनः सर्वेक्षण गरेपछि रु दुई करोड २५ लाख ६० हजार ८२३ मा निर्माण गर्ने गरी स्वच्छन्द–गौचन जेभीले ठेक्का पाएको थियो ।

सो कम्पनीले विसं २०७४ कात्तिकमा निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि अहिलेसम्म दुबैतर्फको पिल्लर मात्र ठड्याएर काम अलपत्र छोडिएको छ । गत मङ्सिरदेखि काम पनि भएको छैन । पुल निर्माण नहुँदा सर्वसाधारण खोलामा जोखिम मोलेरै पनि वारपार गर्न बाध्य भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

बेनी–दरवाङ मङ्ला, मालिका, धवलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । “हिउँदमा खोलाबाटै सवारीसाधन तरे पनि बर्खामा बाढी आउँदा सवारीसाधन आवतजावत ठप्प हुन्छ”, उहाँले भन्नुभयो, “सम्बन्धित निकायको वेवास्ता र ढिलासुस्तीका कारण पुल नबन्दा यातायात सञ्चालन र सामान ढुवानीमा कठीन भएको छ ।” 

उक्त कम्पनीले ठेक्का लिए पनि काम भने बेनीको श्रमजीवी निर्माण कम्पनीले काम गर्दै आएको छ । सङ्घीयबाट प्रदेश सरकारमा पुल निर्माणको जिम्मेवारी हस्तान्तरण भए पनि बजेट व्यवस्थापन र अख्तियारी आउन ढिलाइ भएकाले यो पुल निर्माण हुन नसकेको अध्यक्ष रोकाको गुनासो थियो । 

पूर्वाधार विकास कार्यालयका महाशाखा प्रमुख तथा इञ्जिनीयर ओमराज ढुङ्गानाले दुखु र स्वाँता खोला पुलको योजना हस्तान्तरण भइसकेकाले निर्माणका लागि ठेकेदारलाई ताकेता गरिरहेको जानकारी दिनुभयोे । 

प्रदेश सरकारले बजेट उपलब्ध गराए पनि निर्माणका लागि अख्तियारी दिन ढिलासुस्ती गरेकाले पूर्वाधार कार्यालय र निर्माण कम्पनीका प्रतिनिधिलाई ताकेता गरिएको जिसस प्रमुख देवेन्द्र केसीले बताउनुभयो । पछिल्लो पटक आगामी वैशाख मसान्तसम्म पुल निर्माण सम्झौताको म्याद थप भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै