कुश्मामा आठौ बृहत महिला महोत्सव शुरु

Posted on: 05 Mar, 2016

फागुन २२, पर्बत । कुश्मामा आठौ बृहत महिला महोत्सव शुरु भएको छ । फागुन २३ देखि २६ गतेसम्म हुने आठौ महिला महोत्सव तथा रेडियो दिदिबहिनीको छैठौ बार्षिक उत्सबको सम्पूर्ण कार्य सकिएको सासद एवं रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाइले जानकारी दिइन् ।

महोत्सवमा रत्यौलि प्रतियोगिता, विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिता, विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह, संस्थाहरु विचको झाँकी र ¥याली प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, शैक्षिक समाग्री, नौमती बाजाको प्रस्तु्ती, विशेषज्ञ डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य शिविर, विशिष्ट व्यक्तित्व तथा सफल उद्यमीहरुलाई सम्मान तथा कृषिजन्य उत्पादनको प्रदर्शनी फलफुल, तरकारीm मह, च्याउ, कफी, लप्सी, अदुवाका सार्थ खसी बोका बाख्रा प्रर्दशनी हुने सासद चपागाइले जानकारी दिइन् ।

रेडियो दिदीबहिनीले आयोजना गरेको कार्यक्रम अन्तरगत रत्यौली प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश १० हजार, ७ हजार र ५ हजार, भजन प्रतियोगितामा १० हजार, ७ हजार र ५ हजार पुरुस्कार पाउने आयोजकले बताएको छ ।

त्यसैगरी विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धिति र तृतीय हुनेले क्रमश १० हजार, ७ हजार र ५ हजार, ¥याली तथा विभिन्न झाँकी प्रदर्शनीमा उत्कृष्ट हुनेले क्रमश ८ हजार, ५ हजार र ३ हजार पाउनेछ भने बक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुनेले ५ हजार, ३ हजार र २ हजार पाउनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!