२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको विकासको लागी सहयोग गर्ने प्रचण्डको प्रतिवद्धता

१० फाल्गुन २०७५, शुक्रबार १२:०२

माधव बेल्वासे । फागुन १०, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल –प्रचण्ड ले कपिलवस्तुको विकासको लागी सहयोग गर्ने प्रतिवद्धता जनाएसगै गाउँवासीको हातवाट ताली बजेको छ । शुक्रवार कपिलवस्तुको विजयनगर गाउँपालिकाको आयोजनामा भएको कवि सम्मेलन तथा मुशयरा कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तुको विकासको लागि पशुपंक्षी विकास तथा कृषि मन्त्री कपिलवस्तु वासीलाई दिएको भन्दै विकासका लागि केन्द्रबाट विभिन्न कार्यक्रमहरु परेको वताए ।


छोटो मन्तव्य दिदै अध्यक्ष प्रचण्डले कवि सम्मेलनमा दोस्रो पटक सहभागी हुन पाउँदा खुसी भएको महशुस गरे । सम्मेलनले पछाडि परेको गाउँपालिकाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल थापाले समृद्ध गाउँपालिकाका लागि विभिन्न योजना सहितको पत्र प्रचण्डलाई बुझाएका छन । गाउँपालिकाको मानव सुचांक, पिछडा बर्गको उत्थान, स्वास्थ्य शिक्षाका लागि केन्द्रबाट पहल गरिदिन अनुरोध गर्दै थापाले उक्त पत्र पेश गरेका थिए । पत्र वुझदै प्रचण्डले कपिलवस्तुको हित र विकासको लागी सधै काम गर्न तत्पर रहेको जिकिर गरे ।

कृषिको आधुनिकीकरण गरी कृषि विकासमा फड्को मार्ने समय आएको  कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले बताए । किसानको उत्पादनले बजार नपाउदाँ किसान निरास हुनु परेको जनाए । कृषकले समयमा खाद पाउन नसकन्ने समस्यालाई सरल बनाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।  

“सिचाइको लागि नौमुरे जलविद्युत्त परियोजना संचालन छिट्टै गरिने बताए । डिपिआरको काम हुदै छ यस परियोजना पछि किसान हर्षित हुनेछन”–खनालले भने ।त्यस्तै सिचाइका लागी राप्ती डाइ भर्सनले पनि किसानहरु समाधान हुने कृषि मन्त्री खनालले बताए । 

त्यस्तै पुर्व मन्त्री हृदेश त्रिपाठीले किसानले उत्पादन गरेका वस्तुको मुल्य निर्धारण गर्न नपाउदा सम्म देश समृद्ध नहुने ठोकुवा गरे । त्रिपाठीले भने देशलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक छ त्यसैले कृषले लगानी सगै नाफा पाउनुपर्छ । आर टि ओ रोड एक समृद्धको आधार रहेको तर्क राखे । देशमा विकास आवश्यक रहेको वताउदै यसमा सवैले सहयोग आवश्यक रहेको वताए ।

हरिवोध आधारभुत विद्यालयको प्रङ्गगणमा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ता प्रदेश सांसद अर्जुन केसी,विरेन्द्र कनोडिया, पुर्व मन्त्री इश्वर दयाल मिश्रा लगाएत स्थानिय तहका प्रमुख प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल र भारतका विभिन्न कविहरुले मुशायरा गाउँदा स्थानियहरुले मनोरन्जन प्राप्त गरेका थिए । लोक दोहोरी प्रतिष्ठान नेपालका अध्यक्ष्य कलाकार वन्द्रि पंगेनीको प्रस्तुती रहेको थियो । त्यस्तै भारतिय कविहरु अनायिका अम्बर जैन,सबिना अदिल,अना देहलवी,जौहर कानपुरी, रमेश बसुरी,डा.अनिल चौबे,जाहिद आजाद,सौरभ जैन लगायतको प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने