२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राउटे बालबालिका भन्छन् -‘विस्तारै डाक्टर नि बनौला’

११ फाल्गुन २०७५, शनिबार ०४:३०

फागुन ११, सुर्खेत | दिनभरी सिकार गरेर बेल्कालाई आहार पाइहाल्छ भने पढाईलेखाई हाम्लाई के काम भन्दै जंगलमा फिरन्ते जीवन विताउदै आइरहेका राउटे समुदायका बालबालिका हिजोआज कखरा पढ्न लेख्न थालेका छन् । अन्य समुदायको मानिस संग भेट हुदा खुलेर बाल्नै नचाहने बोलिहाले पनि पहलिा रुपैयाँ माग्ने राउटे बालबालिका अहिले उनीहरु मज्जाले खेलेरै आफ्नो नाम र फोटा खिचाउन कुनै चिकिचावट गर्दैनन् । यति मात्र नभै उनीहरु अहिले कखरा सिक्नको लागि बस्तीदेखी टाढा जोडी शिक्षक संग पढ्न पुग्दछन् । 

‘यति–यति पानी, गंङ्गै रानी र भकुण्डलाई काठले हिर्काउने खेल, लुकामारी जस्ता खेल खेल्न औधी रुचाउने राउटे बालबालिका जोडि शिक्षक मार्फत अन्य ज्ञानमुलक खेल तथा गितहरु सिक्ने गरेका छन् । 


गोलो घेरा बनाएर जोडि शिक्षक संग पढ्दै गरेका राउटे बालक मध्यका एक विर्खबहादुर शाहीले भने, ‘हाम्रा पुस्ताले पढेनन् ‘मुखियाले थाहा पायो भने रिसाउँछ’ तर अरुले पढेको देख्दा पढ्न मन लाग्छ, हामी तिम्रो संस्कार भन्दा टाढै छौं । विस्तारै विस्तारै पढेर डाक्टर नि बनौंला, गाडी नि चलाउला ।’ एकैपटक अरु जाती जस्तो आफूहरु पढ्न नसक्ने भन्दै विस्तारै पढाई प्रति मन जाने विश्वास शाहीको छ । शाही भन्छन् ‘मास्टर्नी आएपछि मामाघर जान्छु, यतीयती पानी, डण्डीबियो जस्ता खेल खेल्न सिकेका छौं गित गाउन पनि सिकेका छौं ।

दैलेखबाट सुर्खेतको लेकवेशी नगरपालिका–१ रातेखोलामा बस्ती सरेका छन् । राउटे समुदायलाई ब्यवहारिक जीवनमा अग्रसर गराउने तथा उनीहरुका बालबालिकालाई शिक्षा दिई सचेतना बृद्धि गर्ने उद्देश्यका साथ सोसेक द्धारा संचालित राउटे परियोजना मार्फत राखिएका शिक्षक दुर्गा खत्री र लालबहादुर खत्री राउटे बालबालिका पढाई प्रति आक्रसित भएको देख्दा उत्साही देखिएका छन् । 

अहिले राउटे बालबालिकाको स्वभावमा केहि मात्रामा परिवर्तन ल्याउन सकिएको दुर्गा खत्री बताउँछिन् । हामीले विगत नौ महिनादेखि राउटे बालबालिकालाई नुहाउन सिकाएका छौं, नाम भन्न सिकाएका छौं’ खत्री भन्छिन्, ‘अथक प्रयास पछि अक्षर भन्न र लेख्न सिकाउनु हाम्रो लागि ठूलो उपलव्धी भएको छ ।’ 

राउटे बस्ती जहाँ–जहाँ पुग्छ खत्री दम्पत्ती पनि त्यहीँ पुगेर बालबालिकाहरुलाई पढाउने र हेरचाह गर्ने गर्छन् । ‘विगतको तुलनामा राउटे बालबालिका विभिन्न गित संगीत सुन्ने र गाउने बानी पारिरहेको छौं ।’ 

पहिलेको तुलनामा राउटेहरुको घर सुधार भएको छ । बाहिरी रुपमा उस्तै देखिए पनि अहिले राउटेहरु हरेक दिन लिपपोत गर्ने गर्दछन् । उनीहरु विगतमा जस्तो भूमि छ उस्तैमा सुत्ने गरेपनि अहिले भने व्यवस्थित रुपमा जमिनलाई सम्याएर विछ्यौना सहित सुत्ने गरेका जोडि शिक्षक खत्री बताउछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो