२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राउटे बालबालिका भन्छन् -‘विस्तारै डाक्टर नि बनौला’

२०७५, ११ फाल्गुन शनिबार ०४:३०

फागुन ११, सुर्खेत | दिनभरी सिकार गरेर बेल्कालाई आहार पाइहाल्छ भने पढाईलेखाई हाम्लाई के काम भन्दै जंगलमा फिरन्ते जीवन विताउदै आइरहेका राउटे समुदायका बालबालिका हिजोआज कखरा पढ्न लेख्न थालेका छन् । अन्य समुदायको मानिस संग भेट हुदा खुलेर बाल्नै नचाहने बोलिहाले पनि पहलिा रुपैयाँ माग्ने राउटे बालबालिका अहिले उनीहरु मज्जाले खेलेरै आफ्नो नाम र फोटा खिचाउन कुनै चिकिचावट गर्दैनन् । यति मात्र नभै उनीहरु अहिले कखरा सिक्नको लागि बस्तीदेखी टाढा जोडी शिक्षक संग पढ्न पुग्दछन् । 

‘यति–यति पानी, गंङ्गै रानी र भकुण्डलाई काठले हिर्काउने खेल, लुकामारी जस्ता खेल खेल्न औधी रुचाउने राउटे बालबालिका जोडि शिक्षक मार्फत अन्य ज्ञानमुलक खेल तथा गितहरु सिक्ने गरेका छन् । 


गोलो घेरा बनाएर जोडि शिक्षक संग पढ्दै गरेका राउटे बालक मध्यका एक विर्खबहादुर शाहीले भने, ‘हाम्रा पुस्ताले पढेनन् ‘मुखियाले थाहा पायो भने रिसाउँछ’ तर अरुले पढेको देख्दा पढ्न मन लाग्छ, हामी तिम्रो संस्कार भन्दा टाढै छौं । विस्तारै विस्तारै पढेर डाक्टर नि बनौंला, गाडी नि चलाउला ।’ एकैपटक अरु जाती जस्तो आफूहरु पढ्न नसक्ने भन्दै विस्तारै पढाई प्रति मन जाने विश्वास शाहीको छ । शाही भन्छन् ‘मास्टर्नी आएपछि मामाघर जान्छु, यतीयती पानी, डण्डीबियो जस्ता खेल खेल्न सिकेका छौं गित गाउन पनि सिकेका छौं ।

दैलेखबाट सुर्खेतको लेकवेशी नगरपालिका–१ रातेखोलामा बस्ती सरेका छन् । राउटे समुदायलाई ब्यवहारिक जीवनमा अग्रसर गराउने तथा उनीहरुका बालबालिकालाई शिक्षा दिई सचेतना बृद्धि गर्ने उद्देश्यका साथ सोसेक द्धारा संचालित राउटे परियोजना मार्फत राखिएका शिक्षक दुर्गा खत्री र लालबहादुर खत्री राउटे बालबालिका पढाई प्रति आक्रसित भएको देख्दा उत्साही देखिएका छन् । 

अहिले राउटे बालबालिकाको स्वभावमा केहि मात्रामा परिवर्तन ल्याउन सकिएको दुर्गा खत्री बताउँछिन् । हामीले विगत नौ महिनादेखि राउटे बालबालिकालाई नुहाउन सिकाएका छौं, नाम भन्न सिकाएका छौं’ खत्री भन्छिन्, ‘अथक प्रयास पछि अक्षर भन्न र लेख्न सिकाउनु हाम्रो लागि ठूलो उपलव्धी भएको छ ।’ 

राउटे बस्ती जहाँ–जहाँ पुग्छ खत्री दम्पत्ती पनि त्यहीँ पुगेर बालबालिकाहरुलाई पढाउने र हेरचाह गर्ने गर्छन् । ‘विगतको तुलनामा राउटे बालबालिका विभिन्न गित संगीत सुन्ने र गाउने बानी पारिरहेको छौं ।’ 

पहिलेको तुलनामा राउटेहरुको घर सुधार भएको छ । बाहिरी रुपमा उस्तै देखिए पनि अहिले राउटेहरु हरेक दिन लिपपोत गर्ने गर्दछन् । उनीहरु विगतमा जस्तो भूमि छ उस्तैमा सुत्ने गरेपनि अहिले भने व्यवस्थित रुपमा जमिनलाई सम्याएर विछ्यौना सहित सुत्ने गरेका जोडि शिक्षक खत्री बताउछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी