२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सान्नीत्रिबेणी बासीहरुको त्रास अझै घटेन, ६ दिनपछि बल्ल मन्त्रालयको तोक आदेश

११ फाल्गुन २०७५, शनिबार ०५:४५

दलसिंह गिरी | फागुन ११, कालिकोट | सान्नीत्रिबेणी १ र २ का बासिन्दाहरु हिजोआज दिनमा घरभित्र ढुक्कसंग आरामले लामो समय बस्न सक्दैनन्, साझ पर्यो कोही आफन्त कहाँ, कोही पालमनी त कोही आफ्नै गोठखरकमा रात विताउन बाध्य छन्, कोही भने घरमा चोरीहुने डरले आफ्नो ज्यानको प्रवाह नगरी घर कुर्न बाध्य छन् । गाउँमा भएको एउटा विद्यालय समेत केही दिन देखि बन्द छ, बाटोमा हिड्दा, धारा पँधेरामा जाँदा समेत मानिसहरुमा त्रास नै त्रास छ । 


झट्ट हेर्दा उ बेलाको १० बर्षे द्वन्द्वकालिन अवस्था जस्तै देखिने त्रासपूर्ण अवस्था यो कुनै द्वन्द्वकालिन अवस्थाले निम्त्याएको त्रास होइन । मात्र एउटा भिमकाया (अत्यधिक ठूलो) ढुंगाले निम्त्याएको त्रास हो । तल करिव १ सय घरधुरीको बस्ती छ, बस्ती संगै गाउ“पालिकाका ३ वटा १, २, ३, वडाका १ हजार बढी बालबालिका तथा किशोर किशोरी पढ्ने विद्यालय छ, संगै स्वास्थ्य चौकी पनि छ । माथि पखेरा ठाउँ–ठाउँमा विभिन्न जात–जातीहरुका बस्तीहरु छन् ।

ग्रामिण बस्तीमा सडक यातायातको पहुँच पुर्योउने उद्देश्यले गाउँपालिकाले थालेको सडक निर्माण अभियान अन्तर्गत १ र २ वडामा केही दलित बस्ती र केही गैरदलित बस्ती रहेको भूभागको माथिबाट सडक निर्माण गर्ने क्रममा एउटा भिमकाया ढुंगा मुनतिरबाट स्काभेटर (डोजर)ले खन्दा ढुंगामुनीको माटो भासी ढुंगाले आफ्नो स्थान छाड्न थालेपछि गाउँबस्ती मै खस्ने डरले पुरै बस्ती त्रसित बनेको छ ।


ढुंगा खस्ने प्रवल सम्भावनाको सूचना पाउदा साथ स्थलगत अवलोकन गरेको स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयबाट तत्काल जोखिम ब्यवस्थापन गरिने आश्वासन पाएका स्थानीयको धैर्यता अब आक्रोशमा बदलिन थालेको छ । 

दैनिक जासो स्थानीय सरकार (गाउँपालिका)लाई फोन गरी जोखिम ब्यवस्थापनको प्रक्रिया के भयो भन्दै घच्घच्याई रहेका स्थानीयहरु, अब सामाजिक संजालमार्फत केन्द्र सरकारलाई समेत आफ्नो आक्रोस ब्यक्त गर्न थालेका छन् । फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमा आफ्ना आक्रोसित अभिब्यक्ति पोष्ट गर्दै स्थानीयहरु सोझा–साझा जनतालाई उ बेलाको द्वन्द्वकालमा झै बम बारुद बर्षाउनु पर्ने भए अरबौ–खरबौ राज्यको ढुकुटी खर्चेर २४ हैन १२ घण्टा भित्रै आफ्नो शक्ति प्रदर्शन गथ्र्यौ होला सरकार, तर खै हामी जोखिममा प¥यौ हाम्रो घरबार उठीबास हुनलाग्यो, हामीलाई फुक्का आश्वासनका पोका हैन मात्र भिमकया ढुंगालाई फुटालेर हाम्रो घरबार तहस्–नहस् हुनबाट बचाईदेऊ भन्दा पनि नसुन्ने सरकार भन्दै आक्रोस ब्यक्त गर्न थालेका छन् । 


यता तत्काल सम्भावित घटनाको बारे पूर्ण जानकारी पाएको सरकारले जानकारी पाएको ६ दिन पछि बल्ल आवश्यक प्रक्रिया अगाडी बढाउन तोकआदेश दिएको छ । गाउमा ढुंगा खस्नै लागेको सूचना पाउदा साथ गएको शनिवार घटना स्थलमै पुगी जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयले स्थलगत रिपोर्ट सहित केन्द्रसरकारलाई जानकारी गराएको थियो । 


जानकारी पाएको ६ दिनपछि बल्ल आज फागुन १० गते रक्षा मन्त्रालयले तोक आदेश दिएको हो । गृहमन्त्रालयले पठाएको पत्रमार्फत श्री प्रधान सेनापतीको सैनिक सहायक अड्डा, जंगीअड्डा काठ्माण्डौ, जानकारी एवं आवश्यक कारवाहीका लागि अनुरोध छ भन्दै रक्षाले तोक आदेश गरेको हो । 


हुन सक्ने सम्भावित घटना ब्यवस्थापनका लागि निर्देशनात्मक पत्र पाउदा साथ जोखिम ब्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाउन आफु तयार रहेको जिल्ला प्रशासन तथा जिल्लाको सुरक्षा निकायले जनाएको छ । ‘विपद कुनै बाजा बजाएर आउदैन’, समयमै सबै सचेत बनौ विपद न्यूनिकरणका उपायहरु अपनाऔं भन्दै विपद ब्यवस्थापनको अभियान निरन्तर चलाईरहेको सरकारले भिमकाया ढुंगाले निम्त्याउन सक्ने जोखिमपूर्ण अवस्थाको पूर्व जानकारी पाइसकेपछि यसको तत्काल ब्यवस्थापनका लागि अलमल नगरी चाँडो भन्दा चाँडो विपद ब्यवस्थापन टोली खटाई ढुंगाकै कारण मानव बस्तीमा हुन सक्ने धनजनको क्षति रोक्नु राज्यको प्रमुख दायित्व रहेको जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की