२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एकिकृत अखिल नेपाल जनसांस्कृतीक महासंघको अध्यक्षमा रेग्मी

२०७२, २२ फाल्गुन शनिबार १२:४५

फागुन २२, पर्वत । एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ पर्वतको शनिवार आयोजीत आठौं जिल्ला भेलाले मोती शर्मा रेग्मीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा किशोर मनश्वी र सिता परियार, सचिवमा देवराज पुरी, सहसचिवमा कुलप्रसाद शर्मा, कोषाध्यक्षमा दिपेन्द्र कार्कीलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा गोपी पुरी, शुक्रराज ढुंगाना, रामजी आचार्य, जगदिश शर्मा पौडेल, प्रनिश गिरी, विमल मायालु, रजनी क्षेत्री, प्रदिप लामिछाने र जिवलाल पराजुलीलाई सर्वसम्मत चयन गरेको हो ।

एमाओवादी निकट जनवर्गिय संगठन घटकका प्रमुख तथा प्रतिनिधीहरुबाट थुप्रै कार्यकर्ता सहभागि भैइ उक्त जनसांस्कृतिक महासंघको नयाँ कार्यसमिति निर्माण भएको थियो । उक्त भेलामा बोल्दै एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका प्रदेश न. ४ सयोजक मनहरी तिमिल्सीनाले पार्टीले जनवादी क्रान्तिका बा्की कार्यभार पुरा गरी पुजीवादी क्रान्तिको आधार तयार पार्नुपर्ने बताएका छन् ।

उनले पुजीवादबाट समाजवादमा पुग्नका लागि जनसांस्कृति महासंघले वैचारीक बहस चलाउने बताए । उनले सांस्कृतिक तथा कलाकारीताको माध्यमबाट समेत कार्यकर्तामा उर्जा थपिने विषयमा जोड दिएका थिए । त्यसैगरी भेलामा एमाओवादीका जिल्ला अध्यक्ष कृष्ण पराजुलीले पार्टीका कमजोरीलाई घचघचाउन जनसांस्कृतिक महासंघले पहल थाल्नु पर्ने बताए ।

समाजमा प्रगतिशील सांस्कृतिककर्मीले परिवर्तनलाई आत्मसात गर्ने बताउँदै अबको नयाँ संविधान कार्यान्यनमा पनि सबै पार्टीलाई सचेत बनाउन उनले आग्रह गरे । भेलामा अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला कोषाध्यक्ष मनरुपा शर्मा, जिल्ला सहसचिव दिपक आचार्य, फ्याक्सन इन्चार्ज मानबहादुर कार्की, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शंकर गिरी, क्रान्तिकारी पत्रकार संघ पर्वतका अध्यक्ष मुरारी संगम, प्रलेशका केन्द्रिय सदस्य शैलज पौडेलले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

त्यसैगरी उक्त अवसरमा स्रष्टाहरु शुक्रराज ढुंगाना, हरिनारायण गिरी, सन्तोषी सुवेदी लगायतले प्रगतिशिल कविता बाचन गरेका थिए । मोती शर्मा रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा स्वागत गोपी पुरीले र संचालन किशोर मनश्वीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित