२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध

११ फाल्गुन २०७५, शनिबार ०७:२१

फागुन ११, बाँके | बाँके राष्ट्रिय निकुञ्जले हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मेला, महोत्सवलगायतका पर्वमा हात्ती भाडामा प्रयोग नगर्नु भन्ने सरकारले निर्देशन दिएसँगै प्रतिबन्ध लगाइएको निकुञ्जले जनाएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नयाँ निर्देशन प्राप्त भएपछि हात्ती कहीँकतै पठाइएको छैन । प्रमुख संरक्षण अधिकृत रेग्मीले भन्नुभयो,“अब हात्ती निकुञ्ज र संरक्षण क्षेत्रको कामबाहेक अन्यत्र प्रयोग हुँदैनन् ।” सरकारले हालैमात्र हात्ती व्यवस्थापनसम्बन्धी ऐन संशोधन गरेपछि हात्तीको प्रयोगमा रोक लगाइएको हो । 

असोज महीना अघिसम्म निकुञ्जले शुल्क लिएर हात्तीलाई मेला, महोत्सव, महायज्ञलगायतका पर्वमा भाडामा दिने गरेको थियो । वन्यजन्तुको अधिकार र हात्तीको प्रयोगबाट हुने असुरक्षालाई देखेर सरकारले हात्ती व्यवस्थापनसम्बन्धी नयाँ नियम ल्याएको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताउनुभयो । 

चार वटा हात्ती रहेको बाँके राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकले हात्ती प्रयोग गर्दा छ घण्टाको रु.पाँच हजार, सार्क देशका पर्यटकका लागि रु १० हजार र अन्य मुलुकका पर्यटकका लागि रु २० हजार शुल्क लिँदै आएको निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य