2026-09-13 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सांसद वलीको अन्तिम दाहसंस्कार

फागुन ११, लमही | दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सांसद ओलीको गत शुक्रबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उहाँको दाङ दङ्गीशरण गाउँपालिका–६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो । सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं–५ का सभामुख पूर्णबहादुर घर्तीलगायतका नेता, कार्यकर्ताले नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । 

त्यस अवसरमा शोक मन्तव्य व्यक्त गर्नुहुँदै प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले वलीको निधनले प्रदेश सरकारलाई ठूलो क्षति भएको बताउनुभयो । उहाँले दाङको पश्चिम क्षेत्रको विकासका लागि खेलेको योग्दान महत्वपूर्ण रहेको भन्दै वलीको निधनले प्रदेशको विकासमा समेत नोक्सान पु¥याउने बताउनुभयो । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले वलीको निधनले प्रदेशसभालाई ठूलो क्षति पुगेको बताउनुभयो । 

गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद वली सवार कार र बस ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका वलीको काठमाडौँको मेडिसिटी अस्पतालमा लगिएको थियो । दुर्घटनामा परी टाउको, खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो । बुटवलबाट गृह जिल्ला दाङ आउँदै गरेको अवस्थामा घोराहीबाट लमहीतर्फ आउँदै गरेको ना ख ५५२९ नं को यात्रुबहाक बस र सांसद वली चढेको बा १८ च ६८३६ नं को कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । 

उहाँकी श्रीमती र दुई छोरा छन् । २०४१ सालमा जन्मिनु भएका सांसद वलीको ३४ वर्षको उमेरमा निधन भएको हो । उहाँको पार्थिव शरीरलाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलगायत मन्त्री तथा विभिन्न नेता तथा कार्यकर्ताले शुक्रबार केन्द्रीय कार्यालय काठमाडौँमा श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । शुक्रबार नै हेलिकप्टरमार्फत उहाँको पार्थिव शरीरलाई गृह जिल्ला दाङ ल्याइएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले