2026-09-13 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

सय हेक्टरमा सुन्तला बगैँचा

फागुन ११, दुल्लु | दैलेखको दुल्लु क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १०० हेक्टर जमीनमा सुन्तलाको बगैँचा बनाउने भएको छ । 

उक्त परियोजनाको कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले आगामी आर्थिक वर्षमा दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका १०० हेक्टर जमीनमा सो बगैँचा बनाउन लागेको हो । 

उक्त बगैँचाको व्यवस्थापन, मलखाद, सुन्तलाको बोट काँटछाँट, सिँचाइ, प्रशोधनलगायत तालीम सञ्चालनका साथै पोष्ट हार्भेट सेन्टर र कस्टमर हेयरिङ सेन्टर स्थापना, भकारो सुधार, साना सिँचाइ, बीमा व्यवस्थापनलगायत योजना तर्जुमा गरिएको एकाइ प्रमुख राजु भुजले बताउनुभयो । 

“कृषकको लापर्बाही र आवश्यक प्राविधिक ज्ञानको अभावका कारण सुन्तला खेतीमा केही समस्या देखापरेका थिए”, उहाँले भन्नुभयो, “दुल्लु नगर र भैरवी गाउँपालिकामा सुन्तलाखेती व्यवस्थित गर्नका लागि हामीले अहिले बगैँचामै गएर तालीम दिएका छौँ ।” गत वर्ष कृषकलाई दिइएका औजारसमेत हराएको बताउँदै प्रमुख भुजले सुन्तलाको बोटमा आवश्यक मल र सिँचाइ अभावले बोट मर्ने गरेको बताउनुभयो । 

आगामी वर्षदेखि प्रत्येक कृषकको घरघरमा सिँचाइका लागि पोखरी निर्माण गर्ने र यो वर्ष बोटमा देखापरेको समस्या न्यूनीकरण गर्न हालसम्म ३०० भन्दाबढी कृषकलाई विषादी औषधि वितरण गरिएको जानकारी दिँदै उहाँले परियोजनालाई सफल बनाउन ५० प्रतिशत लगानी कृषक र बाँकी ५० प्रतिशत परियोजनाको रहेको एकाइ प्रमुख भुजले जानकारी दिनुभयो । 

चालू आवमा यहाँका कृषकले ६५० हेक्टर जमीनमा सुन्तलाखेती गरेकामा करीब रु पाँच करोड बराबरको सुन्तला उत्पादन भएको थियो । यसअघि दुल्लु नगरका १३ वटै वडा र भैरवी गाउँपालिकाका ३ देखि ७ वडासम्म सञ्चालित कार्यक्रम चालू आवदेखि भैरवी गाउँपालिकाका दुई वडासमेतलाई समेटिएकोे छ । परियोजनाले सुन्तलाखेती गर्ने किसानलाई कम्पोष्टमल मात्रै प्रयोग गर्न आग्रह गरेको छ । गत असोजमा यहाँ उक्त एकाइको कार्यालय स्थापना गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन