३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भैँसीमा भ्यागुते रोग देखियो, सत्र भैँसी मरे

११ फाल्गुन २०७५, शनिबार १५:२७

लमही, ११ फागुन (रासस) : दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन् । 

गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका अनुसार  भैंसी, पाडापाडी १७ र दुईवटा गाई मरेका छन् । त्यहाँका भैँसीमा र्याल छोड्ने, घाँटी सुन्निने एवं श्वासप्रश्वास बन्द भएर मर्ने गरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख अनन्त रेग्मीले बताउनुभयो । 

एक हप्तादेखि भ्यागुते रोगले गर्दा भैँसी मरे पनि किसानले स्वास्थ्य शाखालाई जानकारी नगराउँदा रोग झनै फैलिएको प्रमुख रेग्मीको भनाइ छ । “एक हप्ताअघि देखि यो रोगले भैँसीहरु मर्ने गरेका रहेछन्,” उहाँले भन्नुभयो, “तर किसानले रोग लागेको भनी कुनै जानकारी नगराउँदा यसरी धेरै पशुहरु मरे ।” अहिले ११ वटा भैंसीलाई उपचार गराइरहेको समेत उहाँले बताउनुभयो । 

उक्त रोग नियन्त्रण गर्नका लागि प्राविधिक टोलीसमेत खटिएको भन्दै छिट्टै नियन्त्रणमा आउने प्रमुख रेग्मीले बताउनुभयो । उहाँका अनुसार मौसम परिवर्तनसँगै भैँसी तथा गाईमा यस्तो रोग देखापर्छ । “प्राय : मौसम परिवर्तनसँगै फागुन, चैत, साउन, भदौतिर पशुहरुमा यस्तो रोग देखिन्छ,” उहाँले भन्नुभयो । 

यस्तो रोग लागेका पशुलाई अन्य पशुसँग सँगै राख्दा सर्ने भएकाले सङ्क्रमित पशुलाई छुट्टै राख्न किसानलाई सुझाव दिएको पनि बताउनुभयो । प्रायः त्यस क्षेत्रमा बढी भँैसीपालन हुने गरेको र सँगै चराउन लैजाने गर्ने भएकाले यस्तो रोग महामारीका रुपमा फैलिएको प्रमुख रेग्मीले बताउनुभयो । यो रोग ‘ब्याक्टोरिया’ बाट सर्ने भएकाले फैलिन नदिन रोगले सङ्क्रमण नगरेका भैँसीहरुलाई समेत ‘भ्याक्सिन’ लगाउने कार्य भइरहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार अबको एक÷दुई दिनमा यो रोग नियन्त्रणमा आउँछ । यसका लागि किसानलाई पनि सङ्क्रमित पशुलाई लसपस नगराउन, भैँसी राख्ने ‘खोर’ सरसफाइ गर्न सुझाव दिने गरेको उहाँको भनाइ छ । “सङ्क्रमित पशुहरुलाई अन्य पशुसँग लसपस गराउनु हुँदैन”, उहाँले भन्नुभयो, “भैँसी तथा गाई राख्ने ठाउँपनि सुरक्षित हुनुपर्छ ।” 

आफूले पालेका भैसीहरु मर्न थालेपछि किसान भने चिन्तित बनेका छन् । प्राय : भैँसीपालन गर्ने गरेका त्यस क्षेत्रका किसान भैंसी मर्न थालेपछि दैनिकी समेत प्रभावित हुने गरेको छ । आसपासका किसान पनि रोग पशुमा रोग सर्ने त्रासमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ