2026-09-14 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको एक गाउँमा जिउँदा जन्ती, मर्दा मलाम जाने मानिससमेत छैनन्

फागुन १२, गलकोट (रासस) | बसाइँसराइले सामाजिक काम र बाँझो जमीनको कुरै छाडौँ, बागलुङको एक गाउँमा जिउँदा जन्ती मर्दा मलाम जाने मानिससमेत छैनन् । जिल्लाको गलकोट नगरपालिका–७ (साविक मल्म गाविस– ९) स्थित टोकरी गाउँ बसाइँसराइका कारण रित्तिएको छ । 

गाउँको खेतीयोग्य अधिकांश भूमि बाँझो छ भने पाखापखेरा रुख बिरुवाले भरिएका छन् । गाउँनै सुनसान छ । गाउँमा अहिले वृद्धवृद्धा तथा बालबालिका पनि न्यून मात्रमा देखिन्छन् । टोकरीका स्थानीयहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत भौतिक पूर्वाधारको खोजीमा बसाइँसराइ गर्दा गाउँनै रित्तिएको स्थानीयहरूले बताएका छन् । चालीस घर रहेको टोकरी गाउँमा बसाइँसराइका कारण अहिले १३ घरमा मात्र स्थानीय बसोबास गर्दै आएका र बाँकी घर खण्डहर जस्तै भएको स्थानीय गङ्गाबहादुर थापाले बताउनुभयो । “बसाइँसराइले गाउँनै खाली हुन लाग्यो, मर्दा पर्दा अगाडि सरेर काम गर्ने कोही छैनन्”, थापाले भन्नुभयो, “मर्दा शव उठाउने युवाहरू समेत नहुँदा महिलाहरूले शव बोक्नुपर्ने अवस्था छ ।” 

टोकरीका अधिकांश युवाहरू जापानलगायतका मुलुकमा जाने र शहर बजारमा घर खरीद गर्दा बसाइँसराइ बढेको हो । टोकरीका स्थानीयबासिन्दा नगरपालिकाको केन्द्र रहेकोे हटिया, जिल्ला सदरमुकाम बागलुङ, पोखरा, काठमाडौँ, बुटवल, चितवनलगायतका क्षेत्रहरुमा बसाइँसराइ गर्ने गरेका छन् । 

दश वर्षदेखि यता बसाइँसराइको दर ह्वातै बढेपनि कानूनीरूपमा बसाइँसराइ गरेर जाने परिपाटी नरहेको कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताउनुभयो । “कानूनी प्रक्रियाका लागि देशको जुनसुकै स्थानमा गए पनि वडामा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “ठेगाना स्थानीय भए पनि गाउँमा बस्ने न्यून छन् ।” अहिले टोकरी गाउँमा बालबालिका, वृद्धवृद्धा गरी करीब ६० जना रहेको स्थानीय विष्णु थापाले बताउनुभयो । 

गाउँमा धेरैजसो उमेर ढल्केकाको मात्र बाहुल्य छ । स्कुले विद्यार्थीहरु शहर बजार र युवायुवतीहरु विदेश गएका कारण गाउँमा सामाजिक काम गर्नसमेत मुस्किल परेको थापाले बताउनुभयो । सबैले गाउँ छाडेर जान थालेपछि गाउँका खेतीयोग्य जमीन बाँझो रहेको छ भने घाँसपात गर्ने पाखापखेरा झाडीमा परिणत भएका छन् । 

बढ्दो बसाइँसराइका कारण टोकरी गाउँमा रहेको देउराली आधारभूत विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या घटेर अन्य विद्यालयसँग गाभ्ने अवस्थामा पुगेको छ । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा जम्मा १४ विद्यार्थी रहेको प्रधानाध्यापक केयरसिंह थापाले बताउनुभयो । 

गाउँमा सामान्य आधारभूत सेवा सुविधाको पहुँच नपुग्नु र विप्रेषणमार्फत आएको रकम शहर बजारमा लगानी गर्नु नै बसाइँसराइको प्रमुख कारण रहेको स्थानीयहरु बताउँछन् । टोकरी गाउँ जिल्लामै उच्च बसाइँसराइ हुने गाउँ मध्येमा पर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ