२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

भूमिहीनलाई जग्गाको लालपुर्जा दिलाइने

२०७५, १२ फाल्गुन आईतवार ०९:२०

फागुन १२, नुवाकोट (रासस) | जिल्लामा विर्ता, गुठी पीडितको अधिकारका लागि कार्यरत जिल्ला भूमिअधिकार मञ्चका अध्यक्षमा विन्दा नेपाल चयन हुनुभएको छ । विदुरमा भएको दोस्रो जिल्ला अधिवेशनले नेपालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । 

समितिका उपाध्यक्षमा बलभद्र नेपाल, सचिवमा रामचन्द्र गजुरेल, सहसचिवमा नवराज भुजेल र कोषाध्यक्षमा पविना भट्ट चयन हुनु भएको छ । सदस्यमा कान्छी नेपाली, मदन सूचीकार, सानुकान्छा श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, रणबहादुर तामाङ, रञ्जु लामिछाने र कल्पना न्यौपाने चयन हुनु भएको छ । 

अधिवेशनको उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले आफ्नो कार्यकालमा विर्ता र गुठी समस्या समाधानका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरिने र भूमिहीन सुकुम्वासीलाई जग्गाको लालपुर्जा दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय भूमिअधिकार मञ्चका संस्थापक अध्यक्ष सोमप्रसाद भण्डारीले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि प्राथमिकतामा नै नपारेको आरोप लगाउनुभयो । जिल्लामा पाँच हजार रोपनी बिर्ता जग्गा(तलबस्वरुप वा खुशी भएर दिइएको) छ । जिल्लाका विदुर, जिलिङ, रातमाटे, दुईपीपल, गोस्र्याङ, चारघरे, खड्गभञ्याङ, गेर्खु र चौघडामा बिर्ता समस्या विद्यमान रहेको मञ्चका अध्यक्ष नेपालले बताउनुभयो । जिल्लामा एक हजार ५५८ परिवारले जोतभोग गरिरहेका चार हजार ९५७ रोपनी बिर्ता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते