२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गुप्तेश्वरमा भक्तजनहरुको घुइचो

२४ फाल्गुन २०७२, सोमबार ०६:५८

फागुन २४, पर्वत / महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पुजा आराधना गरी आज देशभर मनाइदै छ ।
हिन्दु धर्मावलम्बीहरुले बिहानैदेखी नदी, कुण्ड र तलाउमा स्नान गरी महाशिवरात्री पर्व मनाउदै गरेका छन् । शिवरात्री पर्वको अबसरमा शिवलिंगमा शिन्दुर, अग्र, बेलपत्र, गाँजा धतुरो लगाएतका शिव भगवानलाई मनपर्ने पुष्प तथा बस्तुहरुले चढाइ शिवरात्री पर्व मनाइदैछ ।

पर्वको अबसरमा पर्वतको गुप्तेश्वर, अल्पेश्वर, डहरेलेक, बागलुङको गौरीधाम शिव मन्दिर म्याग्दीको गलेश्वर, मुस्ताङको मुक्तिनाथ लगायतका बिभिन्न शिवालय मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा आराधनागर्ने गरिन्छ । भक्तजनहरु शुद्ध भई शिव मन्दिरमा पूर्जा अर्चना गरी ब्रत बस्ने र भगवान शिवको प्रिय बस्तु, दुध, धतुरो र बेलपत्र समेत चढाउने गर्छन् ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्र बिहिन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरु उनै महादेवको शिवत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्री मनाउने गरिएको हो बताइन्छ ।

गुप्तेश्वर गुफाको दर्शन र गुफा भित्र रहेको शिबलिंगको पुजा गर्न बिहानै देखि भक्तजनको भीड लागेको थियो । गुप्तेश्वर गुफामा पार्वतीले महादेबलाई पतिको रुपमा पाउँ भनि ब्रत बसेको र भगवान शिब गुप्त रहेको धार्मिक बिश्वास रहि आएको छ । एक किलोमिटर लामो गुफामा देबदेबताको दर्जनौ आकृतिहरु रहेका छन । यस्तै खनियाघाट स्थित शिवालय मन्दिरमा पनि भक्तहरुले देवाधिदेव महादेवको पूजा अराधना गरी शिवरात्री पर्व मनाउने गर्दछन् ।

कुस्मा नजिकै कटुवाचौपारी गाबिसमा रहेको अलपेश्वर गुफामा पनि दर्शनार्थीको भीड लाग्ने गर्दछ। पर्वत, कास्की र स्याङ्गजाको सिमानामा पर्ने पञ्चासे, डहरे, सेतीबेणी शिला लगायतका शिबालय मन्दिरहरुमा मेला लाग्ने गर्दछ । आज सोमबार हिन्दूहरुले महादेवको पूजा, ब्रत, होम आदि गरेर महाशिवरात्रि पर्व मनाउँदै छन् । हरेक वर्षजस्तो यस वर्ष पनि राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिरमा ठूलो शिवरात्रि मेला लाग्दैछ ।भोलि सोमबार हिन्दूहरुले महादेवको पूजा, ब्रत, होम आदि गरेर महाशिवरात्रि पर्व मनाउँदै छन् । हरेक वर्षजस्तो यस वर्ष पनि राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिरमा ठूलो शिवरात्रि मेला लाग्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का